Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतत्काल थप ३५ हजारको कोरोना परीक्षण गरिने

तत्काल थप ३५ हजारको कोरोना परीक्षण गरिने


काठमाण्डौं,चैत २८

सरकारले थप ३५ हजारमा कोरोना परीक्षण गर्ने तयारीस्वरुप ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) पठाएको छ । प्रत्येक प्रदेशमा पाँच हजारको दरले सातवटै प्रदेशमा आरडीटी पठाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार दिउँसोदेखि बिहीबार दिउँसोसम्म एक जना व्यक्तिमा पनि कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण देखिएको छैन । प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) सामग्री प्रदान गरिएको हो ।

मन्त्रालयद्वारा बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणलाई तीव्रता दिन आरडीटी पठाइएको र थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभेटिएको बताएका हुन् । तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमणको नमूना परीक्षण भइसकेको पनि देवकोटाले जानकारी दिए ।

देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कुल २ हजार ८ सय ९५ नमूना परीक्षण सम्पन्न भएका छन् । जसमा काठमाडौँ उपत्यकामा रहेको प्रयोगशालामा २ हजार ३ सय ८२ र उपत्यका बाहिर ५ सय १३ नमूना परीक्षण भएका छन् भने १ सय ९३ परीक्षण जारी छ । परीक्षण जारी रहेकोसहित परीक्षणको संख्या तीन हजार ८८ पुगेको हो ।

हालसम्म नेपालभरि सात हजार ९ सय ४० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या भने १ सय १७ रहेको छ । सोमध्ये काठमाडौँ उपत्यकामा १८ र उपत्यकाबाहिर ९९ रहेका छन् । बाग्लुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई ¥यापिड डाइग्नोस्टिक टेस्टसम्बन्धी तालिम दिइएको र परीक्षणसमेत सुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यसैगरी कैलाली र कञ्चनपुरमा हालसम्म ६६ टेस्ट गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया