Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिगमको अध्यक्षमा घिमिरे

निगमको अध्यक्षमा घिमिरे


काठमाडौं ,बैखाख ४
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले करिब तीन महिनाको अन्योलपछि नेतृत्व पाएको छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव सुशील घिमिरेलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको थियो ।

तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले २०७६ माघमा राजीनामा दिएपछि निगमको कार्यकारी अध्यक्ष पद रिक्त थियो । घिमिरेलाई अर्को व्यवस्था नहुँदासम्म कार्यकारी अधिकृतसहित कार्यकारी अध्यक्ष नियुक्त गरिएको पर्यटन मन्त्रालयले पुष्टि गरेको छ । घिमिरे यसअघि पनि पर्यटन सचिवको जिम्मेवारीमा रहँदा निगम सञ्चालक समिति अध्यक्ष बनेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया