Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसनसिटीमा रहेका २९८ मा सङ्क्रमण देखिएन

सनसिटीमा रहेका २९८ मा सङ्क्रमण देखिएन


काठमाण्डौं,वैशाख ४
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका २९८ जनाको परीक्षण गरेकोमा कसैमा पनि कोभिड–१९ को सङ्क्रमण नभेटिएको जनाएको छ ।

बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अपार्टमेन्टमा बसेका दुई जनामा मङ्गलबार सङ्क्रमण देखिएपछि त्यहाँ अन्यलाई परीक्षण गर्दा सङ्क्रमण नभेटिएको जानकारी दिनुभयो ।

बेलायतबाट आई अपार्टमेन्टमा बसेका दुईजनामा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उहाँले ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी)मा पोजेटिभ देखिएका एकजनाको रियल टाइम पोलिमरेज चेन्ज रियाक्शन (पिसिआर) परीक्षण गर्दा सङ्क्रमण नदेखिएको स्पष्ट पारे ।

प्रवक्ता डा. देवकोटाले आरडिटी विधिबाट १४ जिल्लाबाहेक सबैमा सुरु गरिएको बताए । उनका अनुसार प्रदेश नं १ मा सात, २ मा तीन, गण्डकी प्रदेशमा एक, ५ मा एक र कर्णाली प्रदेशमा दुई जिल्लाबाहेक सबैमा आरडिटी विधिबाट परीक्षण शुरु गरिएको छ ।

अहिलेसम्म १५ हजार आठ सयजनामा दुवै विधिबाट नमूना परीक्षण गरिएको बताए । यसैगरी पाँच हजार ६१४ क्वारेन्टाइन र ११७ जना आइसोलेसनमा रहेका छन् ।

मोबाइल एपबाट स्वयं मूल्याङ्कन गर्दा १३ जना रेड जोनमा परेको उनको भनाइ रहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले १५ वटा समूह बनाएर सङ्क्रमितको नजिक रहेकाको परीक्षण गरिरहेको बताए । सोही समूहले नै सङ्क्रमित व्यक्तिका नजीक रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ नाम, ठेगाना, यात्राको विवरण लिने उनले बताए ।

‘समूहबाट नै सङ्क्रमित रहेका नजीकका आफन्त, नातेदार र साथीभाइको कन्ट्रयाक ट्रेसिङ गरिरहेका छौँ, उनले भने, ‘नजिक रहेकाको स्वाब लिने र अलि टाढा रहेकाको रगतबाट परीक्षण गरेका छौँ ।’उनका अनुसार बाहिरबाट आएका मानिसको प्लेन चढेको ठाउँको दुई सिटसम्म अगाडि र पछाडि रहेका व्यक्तिमा पनि ट्रेसिङ गरेर परीक्षण गरिएको छ ।

उनले पिसिआरले १४ दिनभित्र सङ्क्रमणको भए÷नभएको पत्ता लगाउने र त्यसपछिको अवधिको परीक्षण आरडिटीले गरिने जानकारी दिए । उनले १४ दिनपछि आरडिटीबाट गरिएको परीक्षणमा पोजेटिभ देखिए अन्यलाई सर्ने सम्भावना कम रहने बताए ।

(राससं)


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया