Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचार अर्ब ९० करोड रुपैयाँको नयाँ नोट छपाइको लागि चिनियाँ कम्पनीसँग सम्झौता

चार अर्ब ९० करोड रुपैयाँको नयाँ नोट छपाइको लागि चिनियाँ कम्पनीसँग सम्झौता


काठमाण्डौं,वैशाख ४

नेपाल राष्ट्र बैंकले चार अर्ब ९० करोड रुपैयाँबराबरको नयाँ नोट छपाइको लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । राष्ट्र बैंकका अनुसार १० र पाँच दरका नयाँ नोट छपाइको लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनसँग सम्झौता गरिएको हो ।यसअन्तर्गत नेपाली रुपैयाँ १० दरमा ३४ हजार थान अर्थात् तीन अर्ब ४० करोड रुपैयाँको नयाँ नोट छाप्नको लागि उक्त चिनियाँ कम्पनीसँग सम्झौता गरिएको हो ।

यही अप्रिल १० तारिखमा दिन अर्थात् यही चैत २८ गते अमेरिकी दर ४१ लाख ४० हजार चार सयमा खरिद सम्झौता गरिएको नेपाल राष्ट्र बैंकअन्तर्गतको मुुद्रा व्यवस्थापन विभागका कामुु कार्यकारी निर्देशक विश्रुत थापाले जानकारी दिए । सोही कम्पनीसँग राष्ट्र बैंकले पाँच रुपैयाँ दरको ३० करोड थान अर्थात् एक अर्ब ५० करोड रुपैयाँबराबरको नयाँ नोट छपाइको लागि पनि सम्झौता गरेको छ । राष्ट्र बैंकका अनुसार उक्त परिमाणमा रकम छपाइको लागि अमेरिकी डलर ४३ लाख ९७ हजार पाँच सयमा खरिद सम्झौता गरिएको हो । नोट छपाइको लागि राष्ट्र बैंकले १४ जनवरी २०२० मा टेण्डर आह्वान गरेको थियो ।

यसैबीच, नेपाल राष्ट्र बैंकले गठन गरेको कोरोना भाइरस (कोभिड १९) को प्रभाव विश्लेषण समितिले पहिलो बैठक बसेको छ । बैंठकले कोराना भाइरसले नेपालको वित्तीय क्षेत्रमा पार्ने प्रभावहरुबारे तथ्यांक संकलन गर्ने, तथ्यांक संकलन गर्नको लागि त्यसको स्रोत पहिचान गर्ने, संकलित तथ्यांकलाई व्यवस्थित गर्ने र त्यसको ब्रिफिङ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुुझाउने निर्णय गरेको छ । ‘नेपालमा कोरोना भाइरसको असर कतिसम्म हुन्छ, त्यही आधारमा रिपोर्ट तयार हुन्छ’, विश्लेषण समितिका संयोजक समेत रहेका नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने । आवश्यकता अनुसार समितिको बैठकले बस्ने र बैठकले नै कोभिड १९ का कारण वित्तीय क्षेत्रमा परेका प्रवाहहरुको बारेमा अध्ययन गरिने प्रवक्ता भट्टले बताए ।

राष्ट्र बैंकमा तीन जना कार्यकारी निर्देशकलाई फोकल पर्सनको जिम्मेवारी
नेपाल राष्ट्र बैंकले तीन जनालाई फोकल पर्सन अर्थात् सम्पर्क व्यक्तिको जिम्मेवारी तोकेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) कारण आम नागरिकले घरभित्र नै बसेर सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था रहेको छ ।

यो अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुमा गई प्रत्यक्षरुपमा सेवा लिने कार्य समेत प्रभावित भएकाले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुुने सेवालाई थप प्रभावकारी बनाउन, सर्वसाधारणको जिज्ञासाको जवाफ दिन एवं सुझाव लिन तथा सेवाग्राहीहरुलाई परेको समस्या सम्बोधन गर्नको लागि सम्पर्क व्यक्ति नियुुक्त गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसअन्तर्गत बैंकमा रकम जम्मा गर्ने, झिक्ने, ऋणको सावाँ ब्याज तिर्नेलगायत बैंकिङ कारोबारसम्बन्धी सम्पूर्ण जानकारीको लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललाई सम्पर्क व्यक्ति नियुुक्त गरिएको छ । यसैगरी विप्रेषण, विदेशी मुुद्रा सटही, टिटी, प्रतीतपत्र तथा विदेशी विनिमय कारोबारसम्बन्धी सम्पूर्ण जानकारीको लागि विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रलाई सम्पर्क व्यक्ति तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार मोबाइल, इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्डको प्रयोग, एटीएम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल बैंकिङ कारोबारसम्बन्धी सम्पूर्ण जानकारीको लागि भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई सम्पर्क व्यक्ति तोकिएको छ ।

 

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया