एलईडी बोर्डमा स्मार्ट क्युआरको नोटिफिकेसन
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूले एलईडी बोर्डमा क्युआर भुक्तानीको रियल–टाइम अलर्ट प्राप्त गर्न सक्ने भएका छन् । क्युआरमार्फत हुने भुक्तानी वृद्धि हुँदै गइरहेको समयमा कारोबार भएपछि कारोबार पूर्ण भएको जानकारीका लागि कुर्नुपर्ने बाध्यता थियो ।
टेलिकम नेटवर्कमा समस्या आउँदा वा एसएमएस प्राप्तिमा ढिलाइ हुँदा तथा कहिलेकाहीँ एसएमएस प्राप्त नहुँदा मर्चेन्टलाई कारोबार पूरा भएको यकिन गर्न कठिन भइरहेको थियो । साथै, ग्राहकहरूको चाप धेरै भएको मर्चेन्ट लोकेसनमा एसएमएसमार्फत कारोबारको यकिन गर्दा समय खेर जाने समस्या थियो । त्यसैगरी एसएमएस प्राप्त हुन नसकेको अवस्थामा कारोबार यकिन गर्न नसक्दा ग्राहक तथा मर्चेन्ट दुवैलाई अप्ठ्यारो भइरहेको अवस्थामा यसको अन्त्यको लागि नयाँ प्रविधि ल्याइएको बैंकले जनाएको छ । एससीटीले मर्चेन्टलाई मोबाइल तथा वेब लगइनमार्फत पनि कारोबार हेर्न, पैसा जम्मा तथा फिर्ता गर्न मिल्ने सुविधा सुरुवाती दिनदेखि नै दिँदै आएको बताएको छ । सोही कारोबारको अलर्ट प्राप्तिकै लागि मोबाइल तथा वेब लगइन चलाइराख्न समेत कारोबार धेरै हुने ठाउँमा झन्झटिलो तथा समय खर्चिनुपर्ने परिस्थिति थियो ।
अब एलईडी स्क्रिनमा कारोबार भएलगत्तै कारोबारको रकम देखिने हुँदा कारोबार पूर्ण भए नभएको सहजै यकिन गर्न सकिनेछ । एलईडी स्क्रिन जडान गर्न सजिलो र सरल बनाइएको छ । यसलाई एससीटीले प्रदान गर्ने मोबाइल एप्लिकेसनद्वारा सजिलै कन्फिगर गर्न सकिन्छ । स्मार्ट क्युआरमा आबद्ध बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक वालेट कम्पनीद्वारा स्मार्ट क्युआरमा दर्ता भएका कुनै पनि मर्चेन्टले यो सुविधा लिन सक्नेछन् । मोबाइल एपद्वारा नै नेटवर्क तथा स्क्रिनको ब्राइटनेस पनि मिलाउन सकिन्छ । स्क्रिनमै कारोबारको रकम देख्न सकिने भएकाले भीडभाड तथा हल्लाखल्ला हुने ठाउँमा यो प्रविधि निकै नै उपयुक्त तथा प्रभावकारी रहेको कम्पनीको भनाइ छ ।
पाथीभरा सेन्सर सोलुसनको सहकार्यमा स्मार्ट च्वाइस टेक्नोलोजीले यो सेवा सुरु गरेको हो । सेवा लिन इच्छुक ग्राहकले स्मार्ट क्युआरमा आबद्ध बैंक तथा वालेटमा गई यो सुविधाका लागि आवेदन दिन सक्ने छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया