सामसङको टिभी खरिदमा तीन वर्षको वारेन्टी
काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङ नेपालले सामसङ टिभीमा तीन वर्षसम्मको वारेन्टी दिने गरी नयाँ अफर ल्याएको छ । यो वारेन्टी सामसङको आधिकारिक आउटलेटबाट खरिद गरिएको सामसङ टी, ए, बी र सी–सिरिजका टिभी सेटहरूमा लागू हुने बताइएको छ ।
सामसङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोक कुमार गुप्ताले यो तीन वर्षको वारेन्टी अफरले सबै सामसङ टिभी ग्राहकलाई फाइदा पुग्ने विश्वास कम्पनीको छ । कम्पनीका अनुसार यो अफर क्युएलइदी, फ्रेम, युएचदी, एफएचदी टिभीजस्ता धेरै सामसङ टिभीको रेन्जमा लागू हुनेछ । यो वारेन्टी अफर २०२३ अगष्ट १ देखि डिसेम्बर ३१, २०२३ सम्म ३२ इन्चदेखि ८५ इन्चका सामसङ टिभीको उपलब्ध रेन्जअन्तर्गत खरिद गरिएका टिभीका लागि मान्य हुने कम्पनीले जनाएको छ । अफर नेपालका लागि सामसङ टिभीको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिअन्तर्गत डिलर नेटवर्कबाट खरिद गरिएका र माथि उल्लिखित टी, ए, बी र सी सिरिजका टिभीहरूमा मात्र लागू हुनेछ । यो तीन वर्षको वारेन्टी अफरमा रिमोटहरू भने समावेश गरिएको छैन । रिमोट कन्ट्रोलमा भने एक वर्षको वारेन्टी प्रदान गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया