सफ्टवेरिकाको आयोजनामा ‘स्मार्ट टेक्नोलोजी’ प्रदर्शनी
काठमाडौं । सफ्टवेरिका कलेजले आयोजना ‘स्मार्ट टेक्नोलोजी’सम्बन्धी प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँको डिल्लीबजारस्थित कलेज परिसरमा जुलाई २७ देखि जुलाई ३० सम्म चारदिने प्रदर्शनी आयोजना गरिएको कलेजले जनाएको छ ।
राजनीतिज्ञ, सेलिब्रेटी, प्रभावशाली व्यक्तित्वलगायत १० हजारभन्दा बढी सर्वसाधारणको उपस्थितिमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीले तयार पारेका परियोजनाहरू प्रदर्शन गरेका थिए । कार्यक्रममा ३० भन्दा बढी नवप्रवर्तकहरू सहभागी थिए । प्रदर्शनीको मुख्य आकर्षण रोबोटको लडाकु ‘रोबो वार’ थियो । यस्तै, प्रदर्शनीमा राखिएको ‘भाइपर स्ट्राइक’ले रोबो वार जितेको थियो । ‘काजाडोर’ उपविजेता बनेको थियो । विजेता टोलीले ७५ हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गरेको कलेजले जनाएको छ ।
सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीले तयार पारेका परियोजनाहरू प्रदर्शन गर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गर्ने गरेको कलेजले जनाएको छ । यसपटक ‘आईओटी एक्स्पो’ नामले चिनिने सफ्टवेयर प्रदर्शनीलाई ‘टेक एक्स्पो’ नाम दिइएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया