एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘बिन्दास डेटा प्याक’ अफर ल्याएको छ । जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि पाँच घण्टाको अनलिमिटेड डेटाबाट फाइदा लिन सक्ने नयाँ अफर सार्वजनिक गरेको हो ।
एनसेलका ग्राहकले सजिलैसँग करसहित ७५ रुपैयाँमा यो प्याक लिन सक्ने आजियाटाले जनाएको छ । प्याकको समयावधि तीन दिनको रहने पनि कम्पनीले जनाएको छ । ग्राहकले कुनै डेटा भोल्युम सीमाविना तीन दिनसम्म कुल पाँच घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउने बताइएको छ । ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स३ ह्यास डायल गरी यो प्याक लिन सक्ने बताइएको छ । त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिने एनसेलले जनाएको छ । सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकका लागि यो बिन्दास डेटा प्याक उत्तम विकल्प हुने एनसेलको दाबी छ ।
हालै मात्र कम्पनीले बिन्दस भ्वाइस प्याक पनि ल्याएको छ । जसमा ग्राहकले करसहित मात्र २५ रुपैयाँमा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्ने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया