‘नाडा अटो सो’को स्टल निर्धारणका लागि लक्की ड्र
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुन लागेको नाडा अटो सो २०२३ मा धेरै कम्पनी सहभागी हुने भएपछि स्टल निर्धारणका लागि लक्की ड्र गरिएको छ । १५ औँ संस्करणको नाडा अटो एक्स्पो २०२३ आगामी भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुँदैछ ।
एक्स्पोमा सहभागी कम्पनीलाई स्टल उपलब्ध गराउन नाडाले लक्की ड्र गरेको छ । नाडाले त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा लक्की ड्रको आयोजना गरी स्टल निर्धारण गरेको हो । नाडा अटो एक्स्पोमा सहभागी हुने सबै फर्म/कम्पनीहरूले समान अवसर प्राप्त गरोस् भन्ने उद्देश्यले लक्की ड्रमार्फत स्टलको वितरण गरेको नाडाले जनाएको छ । स्टल बुकिङका लागि नाडाले यसअघि नै सूचना समेत प्रकाशित गरिसकेको थियो ।
यसपटकको एक्स्पोमा विगतमा भन्दा उत्साहजनकरूपमा अटोमोबाइल कम्पनीहरू सहभागी भएका छन् । प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको नाडाले जनाएको छ । नाडा अटो एक्स्पोे २०२०, २०२१ र २०२२ कोभिड महामारीलगायत अन्य विभिन्न कारणबाट आयोजना हुन सकेको थिएन । धेरै समयपछि एक्स्पो आयोजना हुन लागेकाले पनि अटोमोबाइल कम्पनीले अत्यधिक सहभागिता जनाएको नाडाले जनाएको छ ।
दर्शकहरूले यस प्रर्दशनीमा विद्युतीय सवारीलगायत चार वर्षपछि हालसम्मको नयाँ मोडलहरू अवलोकन गर्न पाउने नाडाले जनाएको छ । खासगरी प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधन र त्यसमा प्रयोग हुने टायरटयुब, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स एवम् ग्यारेज उपकरणलगायतका विभिन्न सामग्रीसहित कुल ८२ वटा स्टल प्रदर्शनीमा रहने बताइएको छ । जसमध्ये चारपाँगे्र सवारी १७, दुई पाँगे्र २३, कमर्सियल सवारी ६, बैक तथा वित्तीय निकायहरू ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्ट्स, कम्पोनेन्ट र एसेसरिज ३१ रहने नाडाले जनाएको छ ।
नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीका अनुसार एक्स्पोले विभिन्न कारणले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसाय अब केही चलायमान गराउने अपेक्षा लिएको छ । प्रदर्शनीमा सहभागी हुने अटोमोबाइल कम्पनीहरूले आफ्ना नयाँ मोडलका सवारी साधनको बिक्रीका लागि विभिन्न छुट र सुविधासहितका प्याकेज समेत दिने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया