‘सवारी’को ब्राण्ड एम्बेस्डरमा हरिस निरौला नियुक्त
काठमाडौं । नेपाली युवाहरू मिलेर बनाएको राइडिङ सेयर एप सवारीको ब्राण्ड एम्बेस्डरमा हरिस निरौला ‘कक्रोज’ नियुक्त भएका छन् । काठमाडौँमा सोमबार सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै निरौलालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।
हाल काठमाण्डौँ, भक्तपुर र ललितपुरलाई विशेष आधार बनाएर विभिन्न राइडिङ सेयर एप बनाएको भए पनि सवारी एपले देशका विभिन्न प्रमुख सहरहरूमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिने हिसाबले सञ्चालनमा ल्याएको जनाएको छ । यसका लागि मोबाइलमा सवारी एप डाउनलोड गरेर सजिलैसँग अनलाइन सेवा लिन सकिने बताइएको छ । कार्यक्रममा निरौलाले बजारमा आएका विभिन्न राइडिङ सेयर एप भए पनि ती विदेशी लगानी र उत्पादन भएकाले त्यसबाट नेपाली रकम बाहिर जाने गरेको बताए । साथै, उनले सवारी नित्तान्त नेपाली युवाले निर्माण गरेको हुँदा सबैले यसलाई प्रयोग गर्न अनुरोध गरे । आफू सवारीको प्रचारप्रसारको लागि सदैव जिम्मेवार रहने बताउँदै उनले सवारी एपले आफ्ना दर्शक तथा सेवाग्राहीलाई पूर्ण सन्तुष्टी दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कलाकार दीपक आचार्य ‘काकु’ले सवारीले देशमै रोजगारीको सिर्जन गर्न टेवा पु¥याउने उल्लेख गर्दै स्वदेशी उत्पादन, विचारलाई प्रोत्साहन गर्न आग्रह गरे । यस्तै, कलाकार नीर शाहले सवारीले अन्य विदेशी कम्पनीका राइडिङ सेयर कम्पनीलाई चुनौती दिएर सेवा प्रदान गर्नेमा विश्वास रहेको बताए । ती कम्पनीहरूले आफ्नो प्रभाव बढाउन सवारीलाई बद्नाम गराउन विभिन्न कार्य गर्न सक्नेतर्फ इंगित गर्दै उनले त्यसप्रति चनाखो हुुनुपर्ने बताए । सुरक्षित, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्न पनि उनले सुझाव दिए । नेपाली युवाहरू प्रसिद्ध नेपाल र खगेन्द्र नेपाल मिलेर यो सेवा सुरुवात गरेका हुन् । सवारीका प्रमुख निर्देशक प्रसिद्ध नेपालले आफूहरूले ग्राहकको सुरक्षा, सुविधा र चुस्त दुरुस्त, सर्वसुलभ सेवा प्रदान गर्न कटिबद्ध रहेको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
- मनकामना केबलकार दुई दिन बन्द रहने
- एनसेलको निःशुल्क स्वास्थ्य शिविर
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर सानदार’ योजना
- हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकबाट
- नेसनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम
- गौशालामा साजन हुसेन माथि छुरा प्रहार
- अनुदानको मल व्यापारीलाई बेच्ने सहकारीलाई बैतेश्वर गाउँपालिकाले कारबाही गर्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया