नेपालमा एलिका ब्राण्डको पहिलो सोरुम
काठमाडौं । एलिका ब्रान्डको पहिलो सोरुम काठमाडौंको टेकुमा खुलेको छ । एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रल्हाद भुताडको उपस्थितिमा सोरुमको उद्घाटन गरिएको हो ।
एलिका ब्रान्डसपमा एलिका ब्रान्डको चिम्नी, बिल्ट–इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ्ग रेन्ज, हब्स र कुक टप्सलगायत अन्य विभिन्न घरायसी विद्युतीय सामग्री रहेका छन् । यस एलिका ब्रान्डसप टेकुको मुख्य व्यापारिक केन्द्रमा पर्दछ, जहाँ निःशुल्क पार्किङको पनि व्यवस्था रहेको स्वरुम सञ्चालकले बताएका छन् ।
काठमाडौंको स्थानीय बजारमा आफ्ना सामानहरूको प्रदर्शन, बिक्री वितरण तथा अन्तर्राष्ट्रियस्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्यसहित यो सोरुम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । दक्ष तथा अनुभवी बिक्री प्रतिनिधिहरूबाट यहाँ भएका विद्युतीय सामग्रीको पूर्ण जानकारी पनि लिन सकिने बताइएको छ । यो सोरुम हप्ताको सातै दिन बिहान १०बजेदेखि बेलुका ७ः३० बजेसम्म खुल्ला रहने बताइएको छ ।
काठमाडौंको टेकुमा खोलिएको यस एलिका ब्रान्डसपमा ओपेनिङको विशेष छुट, शून्य प्रतिशत सरल किस्ताबन्दी, निःशुल्क जडानका साथसाथै मर्मतको पनि व्यवस्था गरिएको छ । त्यसका साथै ग्राहकको आवश्यक्ताअनुसार निःशुल्क साइट भिजिटको पनि व्यवस्था गरिएको बताइएको छ । योसँगै काठमाडौंको टेकुमा खोलिएको यस एलिका ब्रान्डसप आगामी दिनमा अझै धेरै सहरमा विस्तार गरिने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया