जीडब्लुएमको इलेक्ट्रिक गाडी किन्न कर्जा सुविधा
काठमाडौं । जीडब्लुएमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभीको खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा पाइने भएको छ । नेपालमा जीडब्लुएम सवारीको एकमात्र आधिकारिक आयातकर्ता भीजी इम्पेक्स प्रालिले प्रभु बैकसँगको सहकार्यमा यो अफर ल्याएको हो । सो ब्राण्डको गाडी आयातमा प्रभु बैंकले वित्तीय सहयोग गर्ने सम्झौता भएको हो ।
सम्झौतामा भीजी ईम्पेक्स नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत रेनुप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् । जीडब्लुएमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी खरिद गर्न चाहने ग्राहकलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे, प्रतिस्पर्धी ब्याजदर र कर्जा अवधि उपलब्ध गराउने उद्देश्यका साथ यो सहकार्य गरिएको कम्पनीले जनाएको छ ।
सम्झौताअनुसार प्रभु बैंकले १२ दशमलब ०६ प्रतिशत ब्याजदरसहित अटो कर्जा प्रदान गर्नेबारेमा सम्झौता भएको छ । साथै, बैंकले आफ्नो निर्णयको आधारमा ब्याजदर समायोजन गर्न सक्ने बताइएको छ । अटो लोन फाइनान्सिङको लागि बैंकले व्यक्ति र फर्म दुवैको लागि कर्जा रकमको ८० प्रतिशतसम्म उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । यसको नियमित अधिकतम कर्जा अवधि पाँच वर्षको हो तर विशेष अवस्थामा, यो सात वर्षसम्म बढाउन सकिने बताइएको छ । साथै, शून्य दशमलब ७५ प्रतिशतको प्रशासन शुल्क भने बैंकले लिने सम्झौतामा उल्लेख छ । अटो कर्जाको लागि आवश्यक कागजातसहित नजिकैको प्रभु बैंक शाखामा गएर आवेदन दिन सकिने बताइएको छ ।
जीडब्लुएम नेपालले हाभल एच ६, हाभल जोलायन, पावर, विङ्गल ५ जस्ता विश्वव्यापी मोडेलका साथ नेपालमा आफ्नो बलियो उपस्थिति जनाइरहेको छ । साथै, भर्खरै सार्वजनिक गरेको इलेक्ट्रिक सवारीअन्तर्गत ओरा ०३ लाई नेपाली बजारमा सहज उपलब्ध गराउन बैकसँग वित्तीय सम्झौता गरेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया