चन्द्रागिरि हिल्सको वार्षिकोत्सव
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले १४औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता वार्षिक उत्सव समारोह सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीको तर्फबाट आयोजना गरिएका विभिन्न छ वटा विधामध्येबाट उत्कृष्ट हुने विजेता तथा उपविजेतालाई प्रमाणपत्र तथा ट्रफी वितरण गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी सोही अवसरमा कम्पनीमा पाँच वर्षे सेवा अवधि पुगेका, यस वर्षको अवधिभरमा सबैभन्दा राम्रो उत्कृष्ट कार्य गरी उदाहरणीय बन्न सफल भएका चार जना कर्मचारीलाई पनि प्रमाणपत्र, चाँदीको लकेट, एक रातको लागि परिवारसहित निःशुल्क रिसोर्टमा बस्ने भौचर कुपन प्रदान गरिएको थियो । कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका दुई जना कर्मचारीलाई घरमा प्रयोग हुने खालको उपहार समेत दिइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष ढकालले पर्यटकीय गन्तव्यस्थलको रूपमा रहेको चन्द्रागिरिमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पहिलो रोजाइस्थल हुने गरी सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया