दराज एपमा च्याटबट सुविधा
काठमाडौं । ई–कमर्स प्लेटफर्म दराजले सपिङ अनुभवलाई सरल बनाउन एआई सञ्चालित च्याटबट, ‘आस्क दराज’ लन्च गरेको छ । ओपन एआईएको च्याटजीपीटीद्वारा सञ्चालित आस्क दराजले प्रयोगकर्तालाई च्याटबटसँग छलफल गर्न र सम्पूर्ण सपिङ प्रक्रियालाई सजिलो र छिटो बनाउँछ । साथै, आस्कदराजले ग्राहकको विशेष आवश्यकताको विश्लेषण गरेर त्यसमा आधारित सामानहरू सिफारिस गर्ने बताइएको छ । यसले ग्राहकलाई उच्चस्तरीय अनुभव प्रदान गरेर अफलाइन र अनलाइन किनमेलबीचको जानकारीलाई प्रस्ट पार्नेछ । दराज प्लेटफार्मका ब्रान्ड र विक्रेताले पनि आस्कदराजबाट लाभ उठाउन सक्छन् । आस्कदराजले नयाँ दर्शकहरूमाझ पहुँच पु-याउन मद्दत गर्छ । यस्तै, प्रयोगकर्ता अन्तरक्रियाको संख्या बढ्दै जाँदा दराजले एआईलाई अप्टिमाइज गरिरहने जनाएको छ ।
दराजका प्रमुख कार्यकारी अधिकृत बीआरके मिकेलसेनले कम्पनीले नयाँ बजार विस्तार गर्न टेक्नोलोजीको प्रयोग गरिरहेको बताए । आस्कदराजले थप प्रयोगकर्तालाई कम्पनीसँग नजिक बनाउने उनको भनाइ छ । यस सेवाको क्षमतामार्फत दक्षिण एसियामा रिटेल क्षेत्रलाई रूपान्तरण गर्ने दराजको महायात्रा रहेको उनले बताए । दराजले हाल ३० मिलियन ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको जनाएको छ । यसले एपभित्रको एकीकृत ’डिस्कभर’ सुविधामार्फत नयाँ ग्राहक सेगमेन्टलाई पनि ट्याप गर्ने लक्ष्य राखेको बताइएको छ । दराज नेपालले इलेक्ट्रोनिक्स, सौन्दर्य, फेसन, स्वास्थ्य तथा थुप्रै अन्य प्रोडक्टहरूको अनलाइन व्यापार गर्ने गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया