अग्नि मोटोइङ्कको ‘मनसुन राइड अफर’
काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइङ्कले जावा तथा येज्दी मोटरसाइकलहरूमा ‘मनसुन राइड अफर’ ल्याएको छ । यो योजनाअन्तर्गत जावा तथा येज्दी मोटरसाइकल किन्दा ग्राहकले कम ब्याजदरमा सजिलो फाइनान्स अथवा एसेसरिजसहित राइडिङ गियर पाउने भएका छन् ।
कम्पनीका अनुसार मोटरसाइकल खरिद गर्दा ५० प्रतिशत डाउन पेमेन्टमा दुई वर्षको अवधिमा जम्मा पाँच दशमलव पाँच प्रतिशत ब्याजदर मात्र लाग्ने बताइएको छ । यदि ग्राहकले नगदमा नै खरिद गर्ने हो भने एसेसरिजसहित सम्पूर्ण राइडिङ गियर पाउने बताइएको छ । उक्त एसेसरिज र राइडिङ गियर बराबरको रकम नगद छुट पाउन सक्नेछन् । यस्तै, हरेक मोटरसाइकलको खरिदमा निःशुल्क हेलमेट र एक वर्षको रोड ट्याक्स पनि पाइने बताइएको छ ।
कम्पनीले हाल जावा ब्राण्डअन्तर्गत फोर्टी–टु, जावा र पेराक मोडेलको मोटरसाइकलहरू उपलब्ध गराइरहेको छ भने येज्दी ब्राण्डअन्तर्गत रोडस्टर, स्क्राम्बलर र एड्भेन्चर मोडेलहरू उपलब्ध छन् । जावा ब्राण्ड सन् २०२० मा लन्च भएको हो भने येज्दी ब्राण्ड हालसालै नेपालमा लन्च भएको कम्पनी हो । यी सबै मोटरसाइकलहरू ३०० देखि ३३४ सम्मका छन् । यो मनसुन राइड अफर जावा येज्दीका सबै सोरुमहरूमा उपलब्ध हुने तथा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया