Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरेमिट टु नेपालमार्फत पठाएको पैसा ‘सजिलो पे’बाट पाइने

रेमिट टु नेपालमार्फत पठाएको पैसा ‘सजिलो पे’बाट पाइने


काठमाडौं । नेपालमा रेमिट्यान्स सेवा दिँदै आएको रेमिट टु नेपालमार्फत पठाएको पैसा अब सजिलो पे मोबाइल वालेटबाट झिक्न सकिने भएको छ । रेमिट टु नेपालका जनरल म्यानेजर सन्तोष भेटुवाल र सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिकी प्रमुख कार्यकारी अधिकृत रस्मिना रञ्जितले दुई कम्पनीबीच रेमिट सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् रेमिट टु नेपालमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम(रेमिट्यान्स)को भुक्तानी सजिलो पे एपमार्फत पाउने बताइएको छ । खाडी मुलुक त्यस्तै जापान र युरोपबाट रेमिट्यान्स कारोबार अझै सहज हुने रेमिट टु नेपालले बताएको छ । रेमिट टु नेपालका जनरल म्यानेजर भेटुवालले छिटो र सुरक्षित रेमिट्यान्स सेवा उपलब्ध गराउने आफ्नो योजनाअनुसार सजिलो पे वालेटसँग सहकार्य गरेको बताए ।

त्यस्तै, सजिलो पेले सहज भुक्तानीमा काम गर्दै आएकाले रेमिट टु नेपालसँँगको सहकार्यले रेमिट्यान्स भुक्तानीमा अझै सहज हुने सजिलो पेकी प्रमुख कार्यकारी अधिकृत रञ्जितले बताइन् । यस्तै, सजिलो पेका म्यानेजर प्रवीण खत्रीले युटिलिटी पेमेन्ट सेवा दिँदै आएको कम्पनीले रेमिट कम्पनीको सहकार्यमा रेमिट सेवासमेत सुरू गरेकाले यस्ता सेवा थप्दै जाने बताए । यो सम्झौतापछि सजिलो पेका तीन लाख बढी प्रयोगकर्ताले यो सेवा पाउने उनले बताए ।

सजिलो पे युटिलिटी पेमेन्टको काम गर्दै आएको नेपालकै पहिलो धेरै भाषामा उपलब्ध वालेट एप हो । ‘सजिलो पे’ ले आफ्नो सेवाको सुरुवात डिजिटल वालेटको रूपमा गरेको छ । यसको सेवा उपयोग गर्न ग्राहकले ’सजिलो पे’ को मोबाइल एपमा गई सामान्य व्यक्तिगत विवरण भरेर दर्ता हुनुपर्नेछ । त्यसपछि यसमा विभिन्न माध्यमहरू ई–बैंकिङ, मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, विदेशबाट रेमिट्यान्स, नेपाली डेबिट÷क्रेडिट कार्ड र आफ्नो बैंक खाताबाट सिधै लिंक गरेर यसमा पैसा जम्मा गर्न सकिने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया