‘म्याक्स टाइगर’को लक्की ड्र विजेतालाई उपहार
काठमाडौं । इनर्जी ड्रिङ्क्स म्याक्स टाइगरले ‘लक्की ड्र’ कार्यक्रम सम्पन्न गरेको छ । देशभरबाट १२ हजार व्यवसायीले भरेको कुपनको आधारमा गरिएको लक्की ड्रमा विजेतालाई साइकल, मोबाइल, टिभी, बाइक र मारुती भ्यान प्रदान गरिएको छ ।
एग्रो थाइ फुड प्रालिले उत्पादन गरेको इनर्जी ड्रिङ्क्स म्याक्स टाइगरले विगत केही समयअघि यो उपहार योजना ल्याएको थियो । ‘म्याक्स टाइगर लक्की ड्र’ मा काठमाडौंको आरुबारीस्थित अमित स्टोर (३४०५१ कुपन नम्बर) ले मारुती भ्यान जितेको छ । काठमाडौंको गैरीधारामा आयोजना गरिएको ‘लक्की ड्र ओपन’ कार्यक्रममा अमित स्टोरलाई भ्यान उपहार परेको हो । यस्तै, १० जनालाई माउन्टेन बाइक (साइकल), पाँच जनालाई मोबाइल, तीन जनालाई टिभी र दुई जनालाई होन्डा युनिकोन बाइक उपहार परेको छ । माउन्टेन बाइक पाउनेहरू बिस्मार्ट (गोंगबु), आरबीके स्टोर (बनेपा), प्रकाश स्टोर (गौर), गणेश ट्रेडर्स (हिले), ४२८९५ कुपन नम्बर, सुमन एन्ड सुदन स्टोर (तुलसीपुर), कल्पना इन्टरप्राइजेज (शान्तिनगर), ४८०३८ कुपन नम्बर, प्रशन्न प्राप्ति (गोलढुंगा) र ३७७८० कुपन नम्बर रहेका छन् ।
त्यस्तै, स्मार्ट मोबाइल पाउनेहरू आयुसा (कोहलपुर), ४३९६ कुपन नम्बर, ३७८११ कुपन नम्बर, ४८२५१ कुपन नम्बर, ३७४६५ कुपन नम्बर र एक जनाको नाम र कुपन नम्बर समेत नभएको परेका छन् । यस्तै, ४० इन्चको टिभी पाउनेहरू श्रेष्ठ स्टोर, ४११५४ कुपन नम्बर र हरि भट्ट (धादिङ, ३४४६९ कुपन नम्बर) रहेका छन् । ७५ इन्चको टिभी ४८१८३ कुपन नम्बरलाई परेको छ । होन्डा युनिकोन बाइक पाउने ३२०३४ कुपन नम्बर कालीमाटीका धनञ्जय र ३७७८४ कुपन नम्बर रहेका छन् ।
कार्यक्रममा मदिरा व्यवसायी संघ, काठमाडौंका अध्यक्ष राजन केसी, नेपाल चेम्बर अफ कमर्स प्रचारप्रसार विभागका प्रमुख सन्तोष पाण्डे, मदिरा व्यवसायी संघ, ललितपुरका अध्यक्ष उपेन्द्र लाखे, मदिरा व्यवसायी संघ, भक्तपुरका अध्यक्ष जीवन शाहीलगायतको उपस्थिति थियो । एग्रो थाइ फुडले उत्पादन गरेका म्यास टाइगरसँगै टाइगर सार्क, टोनिक वाटर, जिरा कोला, सोडा, एप्पल एक्स, ओआरएस स्पोर्टलगायत १८ भन्दा बढी ब्राण्डका पेय पदार्थहरू नेपाली बजारमा लोकप्रिय छन् । यी उत्पादनले नेपालको ६० प्रतिशतभन्दा बढी बजार ओगटेको बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित
- न्युजिल्यान्डका प्रधानमन्त्रीलाई कोरोना
- नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार काण्डमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर
- ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
- जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
- मनकामना केबलकार दुई दिन बन्द रहने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया