बाल गृहलाई हिमालय एयरलाइन्सको सहयोग
काठमाडौं । हिमालय एयरलाइन्सले लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ । संस्थागत उत्तरदायित्वअन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियानअन्तर्गत कम्पनीले सो सहयोग गरेको हो । अनाथ तथा विपत्र बालबालिकाको लागि लवप्रसाद सुधार संघद्वारा सञ्चालित संस्था लवप्रसाद बाल गृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि करिब चार लाख रुपैयाँ सहयोग गरेको कम्पनीले जनाएको छ ।
बाल गृहको परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा एअरलाइन्सका अध्यक्ष श्री झो इन्योङले बालगृहका अध्यक्ष उषा कार्कीलाई तीन लाख ९६ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । साथै, बालगृहमा आश्रित बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुँडो, स्किपिङ रोप, हुला हुपजस्ता विभित्र खेलकुदका सामग्री पनि सहयोग गरेको कम्पनीले जनाएको छ । सुन्दरीजलमा अवस्थित यस संस्थाले हाल १३ जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गरिरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया