अक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा शारदा
काठमाडौं । नेपाल अक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा गौरव शारदा पुनः निर्वाचित भएका छन् । संघको काठमाडौंमा सम्पन्न १३ औँ वार्षिक साधारणसभाले शारदालाई आगामी दुई वर्षका लागि निर्विरोध अध्यक्षमा चयन गरेको हो ।
साथै, संघको उपाध्यक्षमा वीरेन्द्रकुमार संघाई, महासचिवमा नारायण दत्त तिमल्सिना, कोषाध्यक्षमा प्रह्लाद तिमल्सिना पनि निर्विरोध चयन भएका छन् । यस्तै, संघको सदस्यहरू शंकरलाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल चयन भएका छन् । सभाले कोभिडको समयमा अक्सिजन उद्योग स्वामित्वमा रहेको अक्सिजन सिलिन्डर ठूलो परिमाणमा विभिन्न सरकारी निकायले उठाइ लगेको र हालसम्म फिर्ता नगरेकाले उद्योगलाई ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराएको छ ।
यसैगरी संघले अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्डसम्बन्धी आवश्यक कानुन बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय गरेको छ ।
संघका अध्यक्ष गौरव शारदाले अक्सिजन सिलिन्डरको मापदण्डअन्तर्गत रङ कोडिङ, लेबलिङ, अधिकतम फिलिङ प्रेसर, ग्यास जानकारी, आवधिक निरीक्षण विवरणहरू आदिसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको व्यवस्था लागू गरे मात्र कार्यस्थलमा कर्मचारीको सुरक्षा तथा जोखिम न्यूनीकरण गर्न सकिने बताए ।
संघले आगामी दिनमा लिक्विड अक्सिजनको आयातमा कडाई गर्न सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ । अध्यक्ष शारदाका अनुसार नेपालमा सञ्चालित अक्सिजन ग्यास उद्योगको उत्पादन मागभन्दा धेरै रहेकाले लिक्विड अक्सिजन आयात गर्न आवश्यक छैन । लिक्विड अक्सिजनको आयातले सञ्चालनमा रहेको २८ वटा अक्सिजन उद्योगको भविष्य धरापमा परेको उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया