घरेलु उद्योग संघ काठमाडौं २५ औँ वर्षमा
काठमाडौं । घरेलु तथा साना उद्योग संघ, काठमाडौं स्थापनाको रजत वर्ष (२५ वर्ष)मा प्रवेश गरेको छ । संघले आइतबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाएको छ । कार्यक्रममा बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले साना उद्योगलाई प्रवर्द्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका थिए ।
लघु, घरेलु तथा साना उद्योेगको प्रवर्द्धनमा बाग्मती प्रदेश सरकार हरतरहले लाग्ने उनको भनाइ थियो । घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले अहिले उद्योग सञ्चालनको वातावरण राम्रो हुनुपर्नेमा तीन तहको सरकारले झनै अलमल भएको बताए । मौद्रिक नीतिमा समेत लघु, घरेलु तथा साना उद्योेगका विषय नसमेटिएको भन्दै उनले बैंकको दबाबले गर्दा उद्योगी उद्योग छाडेर हिँड्ने अवस्थामा पुगेको उल्लेख गरे ।
यस्तै, महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बैंकहरूले मन्दीलाई देखाएर लघु, घरेलु तथा साना उद्योेगमा लगानी गर्न छाडेको र सहुलियतपूर्ण कर्जा पनि हटाइँदा जटिल अवस्था सिर्जना भएको बताए । कार्यक्रममा घरेलु तथा साना उद्योग संघ, काठमाडौंकी अध्यक्ष पदमकुमारी कार्कीले साना उद्योगका लागि सरकारले विभिन्न खालका प्याकेज ल्याए पनि त्यसको उपभोग गर्नबाट सरोकारवाला व्यवसायीहरू बञ्चित भएको गुनासो गरिन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया