निर्माण व्यवसायीको तेस्रो चरणको आन्दोलन सुरु
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन सकिएको छ । साउन २२ बाट सुरु भएको दोस्रो चरणको आन्दोलन शुक्रबार सकिएको छ । यस्तै, तेस्रो चरणको आन्दोलन आज अर्थात् आइतबारबाट सुरु भएको महासंघले जनाएको छ ।
तेस्रो चरणको आन्दोलन अन्तर्गत पहिलो दिन महासंघले सडक विभाग र सिँचाइ विभागमा ताला लगाई धर्ना दिने भएको छ । महासंघको दोस्रो चरणको आन्दोलनमा राजधानीमा जम्मा भएका देशभरका निर्माण व्यवसायीले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालोपट्टी बाँधेर सिठ्ठी जुलुस गरेका थिए । महासंघले सात प्रदेश तथा ७७ जिल्लाबाट निर्माण व्यवसायीहरू जुलुसमा सहभागी गराएको थियो ।
महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा शुक्रबार महासंघ सचिवालय अनामनगरबाट सुरु भएको जुलुुस संसद् भवन नयाँ बानेश्वर अगाडि कोणसभामा परिणत भएको थियो । कोणसभामा वक्ताहरूले व्यवसायीका जायज माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । महासंघका अध्यक्ष रवि सिंहले दोस्रो चरणको आन्दोलन सकिँदा समेत व्यवसायीको माग पूरा गर्न राज्य उदासीन भएकाले आइतबारबाट तेस्रो चरणमा निर्णायक आन्दोलन थालेको बताए ।
व्यवसायीको अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्नेलगायतका माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया