ओपुलेन्स ग्रुपले क्यानडा र अस्ट्रेलिया अध्ययनको जानकारी गराउने
काठमाडौं । ओपुलेन्स एजुकेसन ग्रुपले क्यानडा र अस्ट्रेलियाको अध्ययन अवसरको लागि भेटघाटसहित जानकारी गराउने भएको छ । ओपुलेन्सले आइतबार साँझ होटल याक एन्ड यतिमा एक कार्यक्रम आयोजना गरी नेपालभर रहेका शैक्षिक परामर्श व्यवसायीलाई क्यानडा र अस्ट्रेलिया अध्ययनको बारेमा जानकारी गराउन लागेको हो ।
ओपुलेन्सका सहायक संस्थापक पुनित खन्नाले कार्यक्रममा क्यानडा र अस्ट्रेलियाका विभिन्न कलेजको शैक्षिक प्रणाली तथा त्यहाँको गुणस्तरीय शिक्षाको बारेमा जानकारी गराउने बताए । खन्नाले पहिलो चरणमा क्यानडाका पाँचवटा कलेज र अस्ट्रेलियाका तीनवटा कलेजको बारेमा जानकारी गराउने बताउँदै आवश्यक भएमा थप कलेज तथा त्यहाँको विषय, अध्ययन शैलीलगायतका विषयमा पनि जानकारी गराइने उल्लेख गरे । ओपुलेन्सका अर्का संस्थापक सहायक निर्देशक सुशील शेठले क्यानडा र अस्ट्रेलियाका प्रसिद्ध सहरमा रहेका उत्कृष्ट कलेज र त्यहाँ आउने अन्तर्राष्ट्रिय विद्यार्थीको बारेमा व्यवसायी तथा नेपाली विद्यार्थीलाई जानकारी गराउने उद्देश्यसहित कार्यक्रम तय भएको बताए ।
सन् २०१८ बाट आफ्नो इतिहास बोक्दै अघि बढेको ओपुलेन्स ग्रुपले हालसम्ममा क्यानडाका एभिलोन कलेज, एकेडेमी अफ लर्निङ, प्रोफेसनल इन्स्टिच्युट अफ मसाज थेरापी ग्यानभिल कलेज तथा अस्ट्रेलियामा अस्ट्रेलियन इन्टिच्युट अफ टेक्नोलोजी एन्ड कमर्स, यारा कलेज र इलाइट एजुकेसन इन्टिच्युट सञ्चालनमा ल्याएको छ । ती विभिन्न शिक्षाबाट क्षमतावान् विद्यार्थी निकाल्न ग्रुप सफल भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया