४६ औँ इफाप्का सम्मेलनको तयारी
काठमाडौं । नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको साझा संगठन (इफाप्का) को ४६ औँ सम्मेलनको तयारी औपचारिकरूपमा सुरु भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको सचिवालयमा शुक्रबार सम्पन्न प्रचारप्रसार उपसमितिको बैठकले सम्मेलनको तयारीका लागि प्रचारप्रसार तीव्र पार्नको लागि तयारी सुरु गरेको हो । उपसमिति संयोजक शिवहरि घिमिरेले बैठकले राष्ट्रिय दैनिक, टेलिभिजन, अनलाइनसहित सामाजिक सञ्जालमार्फत सम्मेलनको प्रचारप्रसार गर्ने, पर्यटन बोर्डसँग सहकार्य गर्ने, उपयुक्त स्थानमा डिजिटल डिस्प्ले बोर्ड राख्ने, सम्मेलनका लागि विशेष दूत (ब्राण्ड एम्बेस्डर) तोक्नेलगायतका निर्णयहरू गरेको जानकारी दिए ।
इफाप्काको ४६ औँ सम्मेलन आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा आयोजना हुँदैछ । हाल नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नै इफाप्का अध्यक्ष रहेका छन् । इफाप्कामा भारत, बंगलादेश, मंगोलिया, फिलपिन्स, मलेसिया, सिंगापुरलगायतका १८ देश आबद्ध रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
- प्रधानमन्त्री दाहाल र एमसिसीका प्रमुख अधिृकतबीच भेट
- चीनको आर्थिक वृद्धि पाँच प्रतिशतमाथि हुने प्रक्षेपण
- कोभिड खोप शोधकर्ता दुई वैज्ञानिकलाई नोबेल पुरस्कार
- राजश्व छलीका ८० थान मोबाइलसहित एक जना पक्राउ
- प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवर्द्धन गर्न सकिन्छ : मुख्यमन्त्री शर्मा
- छुरा प्रहार गरी हत्या अभियोगमा १२ जना पक्राउ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया