रियलमीको सर्भिस सेन्टर पोखरामा
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ । पोखरामा गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले सेवा केन्द्र खोलिएको रियलमीले जनाएको छ ।
रियलमी नेपालका कन्ट्री हेड मुनिस गिरीले नेपालभर छरिएर रहेका कम्पनीका सेवाग्राहीलाई राम्रोस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप पोखरामा चौथो सेवा केन्द्र स्थापना गरेको जानकारी दिए । रियलमी नेपालको आधिकारिक वितरक जगदम्बा मोबाइल्स र शंकर ग्रुपका एग्जिक्युटिभ डिरेक्टर, सक्षम जाटियाले यस नयाँ सेवा केन्द्रको उद्घाटनसँगै आफ्ना ग्राहकलाई राम्रोस्तरको सेवा र सुविधा प्रदान गर्ने रियलमीको प्रयासलाई नयाँ उचाइमा पु-याएको बताए । सेवा केन्द्रमा अत्याधुनिक प्राविधिक सहयोग र असली पार्ट–पुर्जाहरूलगायत सफ्टवेयरसम्बन्धी मर्मत सेवाहरू पाइने बताइएको छ । कम्पनीका अनुसार सेवा केन्द्रमा दक्ष र तालिमप्राप्त कर्मचारीहरू छन् ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै फोनमा आइपर्न सक्ने जुनै पनि समस्याको चुस्त र सहजरूपमा समाधान गर्ने उद्देश्यको साथ सेवा केन्द्रको स्थापना गरिएको कम्पनीले जनाएको छ । रियलमीले कम मूल्यमा फ्ल्यागसिपस्तरका सुविधाहरू प्रदान गर्दै आएको छ । पोखराको चिप्लेढुङ्गास्थित मोबाइल टावरमा खोलिएको यो नयाँ रियलमी सर्भिस सेन्टर बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ने कम्पनीले जनाएको छ । ग्राहकले आधिकारिक रियलमी वेबसाइट र एपमार्फत अनलाइन पनि सपोर्ट पाउन सक्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया