Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिला सशक्तीकरण र लैंगिक समानता प्रवर्द्धनका लागि राकुटेन भाइबर र युएन वुमेनबीच सहकार्य

महिला सशक्तीकरण र लैंगिक समानता प्रवर्द्धनका लागि राकुटेन भाइबर र युएन वुमेनबीच सहकार्य


काठमाडौं, वैशाख १८
नेपालमा महिला सशक्तीकरण र लैङ्गिक समानता प्रवर्द्धनका लागि राकुटेन भाइबर र युएन वुमेनबीच आपसी सहकार्य गर्ने सम्झौता भएको छ । युएन वुमेन नेपाल र राकुटेन भाइबर मेसेन्जर एवं कल एप भाइबरको कम्पनीको रुपमा चिरपरिचित छ । यी दुई संस्था यो नवीनतम प्रविधियुक्त मञ्चको उपयोग गर्दै समुदायहरुमा लैङ्गिक समानता र महिला सशक्तीकरण प्रवर्द्धन गर्ने सन्दर्भमा साझेदारी गर्न अग्रसर भएका छन् । सूचना, जानकारीहरु आदानप्रदान गर्ने एक साझा मञ्च र नेपाललगायत अन्यका भाइबर प्रयोगकर्ताहरुलाई जोड्ने आवश्यकतालाई दृष्टिगत गर्दै साझेदारीअन्तर्गत भाइबर ‘कम्युनिटी’ र दुईवटा स्टिकर प्याकहरु पनि प्रस्तुत गर्ने लक्ष्य रहेको छ ।

भाइबर कम्युनिटीले एक अनलाइन स्थान सञ्चालन गर्नेछ, जहाँ आफ्नो रुचिमा आधारित रहेर मानिसहरु नजिकिन सक्दछन् । यो नयाँ कम्युनिटीमार्फत विविध सञ्चार सामग्रीहरु जस्तै तस्बिरहरु, इन्फोग्राफिक्स र भिडियोहरुको प्रयोग गरेर युएन वुमेनले लक्षित वर्गहरुसम्म पुग्ने, जानकारीहरु प्रचारप्रसार गर्ने तथा सामाजिक मानकहरु, लैङ्गिक भूमिकाहरु, असमानता र महिला, बालिकाहरु तथा सीमान्तकृत समूहका व्यक्तिहरु आदिको विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

कम्युनिटीले प्रयोगकर्ताहरुलाई जनमत साथसाथै स्टिकर प्याक जस्तो विशेषताहरुमार्फत उनीहरुलाई आपसी कुराकानीद्वारा जनचेतना अभिवृद्धि एवं जानकारी साटासाट गर्न दर्शकहरुसँग अन्तरक्रिया गर्नको लागि अवसरहरु पनि उपलब्ध गराउनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया