खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वार्षिकोत्सव
काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले खाद्यान्नलगायत अत्यावश्यकीय उपभोग्य वस्तुको सहज आपूर्तिका लागि बजार निर्माताको भूमिका निर्वाह गर्नसक्ने एक सक्षम व्यावसायिक संस्थाका रूपमा स्थापित हुुनुपर्ने बताए ।
मुलुकको खाद्य सुरक्षा र सम्प्रभुताका लागि यो कम्पनीको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो । खाद्य सम्प्रभुता र खाद्य सुरक्षाको प्रत्याभूत हुने गरी बजारमा खाद्य वस्तुको मूल्यवृद्धि नियन्त्रण, मूल्य स्थिरता कायम, सेवा र व्यापार विविधीकरण, आर्थिक अनुशासन कायम तथा नवीन व्यावसायिक कार्ययोजनाको कार्यान्वयनबाट किसान, उपभोक्ता तथा ग्राहकलाई उच्चतम् सन्तुष्टि दिनेतर्फ कम्पनी केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । यसका लागि दीर्घकालीन व्यावसायिक योजना र वार्षिक कार्ययोजना बनाई सोहीअनुसार आफ्ना क्रियाकलापहरू सञ्चालन गर्न उनले कम्पनीलाई निर्देशन समेत दिए ।
कम्पनीका अध्यक्ष एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले कम्पनीसँग पर्याप्त भौतिक पूर्वाधार तथा स्रोत साधन उपलब्ध रहेर पनि सोअनुसार व्यावसायिक लाभ हासिल गर्न नसकेको बताए । ‘निजी क्षेत्रले सानो लगानीबाट पनि राम्रो आम्दानी गर्छन्, तर खाद्य व्यवस्था कम्पनीसँग यति धेरै जग्गा जमिन, पूर्वाधार, जनशक्ति उपलब्ध हुँदा पनि अपेक्षित नतिजा देखिन सकेको छैन’, उनले भने, ‘रोकिएका वार्षिक लेखापरीक्षण र साधारणसभाका कामसमेत तत्काल अगाडि बढाउनुस् ।’ खाद्य व्यवस्था कम्पनीले न्यूनतम खाद्य सुरक्षा कायम हुनेगरी खाद्यान्न सामग्री मौज्दात राख्न नसकेको उनले बताए । यस वर्षका लागि आवश्यक धान चामललगायत खाद्यान्न खरिदको प्रबन्ध मिलाउन समेत उनले निर्देशन दिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले देशका हरेक क्षेत्रका जनतामाझ आफ्नो वस्तु तथा सेवाको पहुँच पु¥याउन कम्पनी प्रयत्नशील रहेको बताए । कम्पनीले दुर्गम जिल्लामा खाद्यान्न आपूर्ति गर्ने, उत्पादक किसानलाई उत्पादनको उचित मूल्य प्रदान गर्ने, नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने, सहरी क्षेत्रमा समेत मूल्य स्थिरीकरणका लागि वस्तु तथा सेवा उपलब्ध गराउने, खाद्य सुरक्षाका लागि तोकिएको परिमाणमा खाद्यवस्तु भण्डारण गर्ने र कम्पनीलाई दिगोरूपमा सक्षम बनाउन व्यावसायिक क्रियाकलाप विस्तार गर्नेजस्ता महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया