रिद्धिसिद्धि सिमेन्टको छात्रवृत्तिको कार्यक्रम
काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले मकवानपुर जिल्लालाई लक्षित गरी विद्यार्थी छात्रवृत्ति कार्यक्रमको आयोजना गरेको छ । ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ दि इएर २०८०’ को नामबाट सुरु गरिएको छात्रवृत्ति कार्यक्रममा एक सय नौ जना विद्यार्थी सहभागी भएको कम्पनीले जनाएको छ ।
रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धिसिद्धिले आयोजना गरेको यो कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिताको समेत आयोजना गरिएको थियो । कार्यक्रममा कम्पनीले मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जीपीए ल्याएकी डौफिन राइका मगरलाई सम्मानस्वरूप १० हजार एक रुपैयाँ प्रदान गरेको थियो । साथै, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला शिक्षा इकाइ समिति, पिप्ले युवा क्लब तथा सन्चो हस्पिटललाई प्रमाणपत्रसहित सम्मान गरिएको सिमेन्टले जनाएको छ । यस छात्रवृत्ति कार्यक्रममा सहभागीलाई कम्पनीले आईक्यु परीक्षा र दौड प्रतियोगिता गराएको छ । सो परीक्षामा पहिलो हुने विद्यार्थीलाई मासिक पाँच हजार, दोस्रो हुनेलाई तीन हजार पाँच सय, तेस्रो हुनेलाई दुई हजार पाँच सय प्रदान गर्ने जनाएको छ । यस्तै, सान्त्वनास्वरूप थप आठ विद्यार्थीलाई मासिक एक हजार पाँच सय रुपैयाँ एक वर्षसम्म उपलब्ध गराउने कम्पनीको भनाइ छ ।
एसईई परीक्षामा उपलब्ध अंक, दौड प्रतियोगिता साथै आईक्यु परीक्षामा सोधिएका सम्पूर्ण अंक जोडी उत्कृष्ट ११ विद्यार्थी चुनिने कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा भाग लिएका विद्यार्थीको नतिजा यही भदौ १ गते शुक्रबार कम्पनीकोे आधिकारिक वेवसाइट तथा फेसबुक पेजमा प्रकाशित गरिने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया