ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ नेपालमा
काठमाडौं । सामसङले ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ औपचारिकरूपमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको सोल्टी होटलमा विशेष कार्यक्रमको आयोजना गरी ग्यालेक्सीको दुई मोबाइल ब्राण्ड सार्वजनिक गरेको हो ।
सामसङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल २०२२ प्रियंकारानी जोशीले संयुक्तरूपमा नयाँ मोबाइलको अनावरण गरेका थिए । कार्यक्रममा नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को विभिन्न विशेषता पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, इमर्सिभ भिउइङ, सेल्फी र आइपिएक्स८ रेटिंगलाई फेसन रन–वेमा मोडलले प्रदर्शित गरेका थिए ।
चार वर्षअघि सामसङले फोल्डेबल स्मार्टफोन उपकरणको सुरुवात गरेको थियो । सामसङले निरन्तररूपमा ग्यालेक्सी जेड सिरिजलाई उत्कृष्टता र परिष्कृत गर्दै लगेको जनाएको छ । ग्यालेक्सी जेड फ्लिप ५ को नयाँ फ्लेक्स विन्डोमा कन्टेन्ट सिर्जना गर्नेदेखि ग्यालेक्सी जेड फोल्ड ५मा मल्टिटास्किङहरू गर्नसम्म सकिने, ग्यालेक्सी फोल्डेबलको यी सिरिजले प्रयोगकर्ताको उच्चतम आवश्यकतालाई पूरा गरेर त्यसलाई अझ नयाँ स्तरमा पु-याउने सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले बताए ।
कम्पनीका अनुसार दुवै फोनलाई धेरै टिकाऊ बनाउन सावधानीपूर्वक निर्माण गरिएको छ । मेन स्क्रिन सक डिस्पर्सन तहका साथ जडान गरिएको छ । यसका साथै आइपिएक्स ८ को रेटिङ, आर्मर अलुमिनियम फ्रेमहरू, गुरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विन्डो र पछाडि कभर दुवैतिर गरिएको छ । साथै, यसमा नयाँ एकीकृत हिन्ज मोडल जडित छ । यसको खोज उद्देश्यमूलकरूपमै अधिकतम दिगोपनाको लागि गरिएको कम्पनीको दाबी छ ।
यी मोडलहरूको प्रि–अर्डर साउन २२ गतेदेखि नै सुरु भइसकेको कम्पनीले जनाएको छ । प्रि–अर्डरमा ग्राहकले २५ हजार रुपैयाँसम्मको फाइदा हुने केही आकर्षक उपहारहरू पनि रोज्न सक्नेछन् । यसका साथै ग्राहकले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शून्य प्रतिशत ब्याजमा प्रतिमहिना सात हजार रुपैयाँसम्मको न्यूनतम ईएमआई तिरेर फोन किन्न सक्ने बताइएको छ । सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस स्टोरको साथै देशभरिका २०० भन्दा बढी पसलहरूमा उपलब्ध रहेको बताइएको छ । यसैगरी आफ्नो फोन अपग्रेड गर्ने चाहना हुने ग्राहकको लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ । सामसङले आफ्ना ग्राहकका लागि एक पटकको ब्रेकेज इनसुरेन्स र प्रोटेक्टिभ फिल्म रिप्लेस्मेन्ट पनि एक वर्षको लागि उपलब्ध गराएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया