‘एनसेल ईपीएल लिग’ सुरु
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता सुरु गरेको छ । हाल सञ्चालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा यस प्रतियोगिताअन्तर्गत सहभागी ग्राहकले पुरस्कार जित्ने योजना ल्याइएको एनसेलले जनाएको छ । ईपीएल सिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज अर्थात् मुख्य पुरस्कार जित्ने मौका पाउने एनसेलले जनाएको छ ।
सहभागी एनसेल एप प्रयोगकर्ताले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्ने बताइएको छ । प्रतियोगितामा भाग लिन प्रयोगकर्ताले एपमा लगइन गरी एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गई आवश्यक विवरणहरू भरेर खेलको पूर्वानुमान गर्न सक्ने बताइएको छ । ग्राहकलाई साप्ताहिकरूपमा बोनस प्रश्न पनि सोधिने एनसेलले जनाएको छ ।
मुख्य पुरस्कारको रूपमा पहिलो पुरस्कार विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २५० जीबी डेटा सेवा पाउने एनसेलले जनाएको छ । दोस्रो पुरस्कार विजयी ग्राहकले छ महिनासम्म निःशुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महिना २५० जीबी डेटा सेवाको फाइदा लिन सक्ने बताइएको छ । त्यसैगरी तेस्रो विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइस र प्रतिमहिना २५० जीबी डेटा तीन महिनासम्म पाउने बताइएको छ । यो प्रतियोगिता ईपीएल सिजनको अन्त्य नभएसम्म अर्थात् १९ मे २०२४ सम्म चल्ने एनसेलले जनाएको छ ।
सबैभन्दा धेरै अंक ल्याउन सफल प्रतियोगीलाई विजेता घोषित गरी साप्ताहिक पुरस्कार र मुख्य पुरस्कार प्रदान गरिने बताइएको छ । साप्ताहिक पुरस्कारमा पाँच साप्ताहिक विजेतालाई सबैभन्दा बढी प्राप्त गरेको अंकको आधारमा नौ सय ९८ रुपैयाँ पर्ने कम्बो प्याक प्रदान गरिने एनसेलले जनाएको छ । यो प्याकमा ननस्टप अल नेट भ्वाइस सेवाका साथ प्रत्येक दिन दुई जीबी डेटा र ४०० अल नेट एसएमएस पाउनेछन् जुन २८ दिनको लागि मान्य हुन्छ । विजेताहरू घोषणाको जानकारी एसएमएस र एनसेल एपमार्फत प्रदान गरिने बताइएको छ । पूर्वानुमान गरेको स्कोर, नतिजा वा अंक प्रतियोगीमाझ जुध्न गएमा विजेता गोलाप्रथाको आधारमा छनोट गरिने बताइएको छ । प्रतियोगितामा सहभागीले विजयी टोली मिलाउन सफल भएमा तीन अंक र सही गोल अर्थात् स्कोर मिलाउन सकेमा पाँच अंक प्राप्त गर्दछन् ।
यस पे्रडिक्ट एन्ड विन प्रतियोगितामा एनसेलका १८ वर्षभन्दा माथिका ग्राहक मात्र भाग लिनयोग्य छन् । ईपीएल खेलको पूर्वानुमान निश्चित खेलको हप्ताको पहिलो खेलभन्दा ३० मिनेट अगाडिसम्म मात्र गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया