परिसंघ र आईडिया स्टुडियोबीच सम्झौता
काठमाडौँ । नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियो नेपालबीच उद्यमशीलताको क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आईडिया स्टुडियोेका अध्यक्ष डा छिरिङ लामाले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तीय तथा मानव संसाधनको सहयोगबाट उद्यमशीलता तथा लगानी प्रवद्र्धनको क्षेत्रमा सहकार्य हुने बताइएको छ ।
परिसंघ सचिवालयमा आयोजित समझदारी पत्रको हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि देशमा उद्यमशीलता तथा व्यावसायिक प्रवद्र्धन गर्न सरकारसँग प्रभावकारीरूपमा काम गर्नुपर्ने बताए । उनले ‘ब्रेन डे«न’ रोक्न, उद्यमीहरूका लागि उचित वातावरण बनाउन आवश्यक रहेको उल्लेख गर्दै आइडिया स्टुडियोसँगको सहकार्यले नवीन सोच भएका युवालाई उद्यमी बन्न रचनात्मक सहयोग हुने बताए । परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवम् उद्यमशीलता प्रवर्द्धनसम्बन्धी गतिविधिबारे जानकारी गराउँदै उनले दुई संस्थाबीचको सहकार्यले यस क्षेत्रमा नवीनतम काम हुने विश्वास व्यक्त गरे ।
आईडिया स्टुडियोका अध्यक्ष लामाले परिसंघसँगको सहकार्यले नेपालमा उद्यमशीलता तथा लगानीका क्षेत्रमा नयाँ सम्भावनाको खोजी गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन आवश्यक रहेको बताए । देशमा केही गरौँ भन्नेहरूका लागि सीप तथा नीतिगत सुधारमा काम गर्नुपर्ने र परिसंघसँगको सहकार्यले उद्यमशीलता एवम् इनोभेसनका क्षेत्रमा थप काम गर्न सकिने उनको भनाइ छ । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्यमशीलताको क्षेत्रमा सामूहिकरूपमा नयाँ काम हुने बताए । कार्यक्रममा परिसंघका महानिर्देशक दिपकराज जोशी, आईडीया स्टुडियोकी सदीक्षा श्रेष्ठलगायत सहभागी थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया