सामसङ नेपालद्वारा रिटेलर मिटको आयोजना
काठमाडौं । सामसङ नेपालले काठमाडौंमा रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ । नेपालमा ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को अनावरण गरेपछि कम्पनीले सो रिटेलर मिट आयोजना गरेको हो । रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरूका साथमा कारोबार गर्ने ९० जनाभन्दा बढी व्यापारी साझेदारको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको दौरान हालै बिक्री शुभारम्भ गरिएका नयाँ मोडलहरू ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषताहरू जस्तै पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, इमर्सिभ भिउइङ, सेल्फी र आईपिएक्स ८ को खुबीको बारेमा छलफल गरिएको थियो । कम्पनीको दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाउपनाको अपेक्षा पूर्ति गर्ने गरी सावधानीपूर्वक निर्माण गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरू मिन्ट, लाभेण्डर र कालोमा (८ प्लस २५६ जिबि) मा एक लाख ३९ हजार नौ सय ९९ रुपैयाँमा नेपालमा उपलब्ध गराएको छ । यस्तै, ग्यालेक्सी जेड फोल्ड ५ कालो र हल्का नीलो दुई प्रकारका रङ्गहरूमा १२ जीबी मेमोरीसहितका २५६ जीबी र ५१२ जीबी भण्डारण क्षमता भएका दुई प्रकारमा उपलब्ध छन् । ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस२५६ जिबि) को मूल्य दुई हजार २६ हजार नौ सय ९९ रुपैयाँ र ग्यालेक्सी जेड फोल्ड ५ (१२प्लस५१२ जिबि) को मूल्य दुई लाख ३९ हजार नौ सय ९९ रुपैयाँ कायम गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया