गुरु ट्राभल्सद्वारा ज्येष्ठ नागरिकलाई निःशुल्क भ्रमण
काठमाडौं । गुरु ट्राभल्स लिमिटेड ज्येष्ठ नागरिकलाई निःशुल्क चार नारायण भ्रमण गराएको छ । कम्पनीले प्रथम वार्षिकोत्सवका अवसरमा घोषणा गरेको सेवामुखी योजना परिभ्रमण कार्यक्रमअन्तर्गत ‘बा–आमाका लागि निःशुल्क चार नारायण भ्रमण’ सकाएको हो ।
खुला सार्वजनिक दर्ता विधिबाट नाम दर्ता गराएका ३१ जना ज्येष्ठ नागरिकहरूको सहभागितामा चाँगु नारायण, विशंखु नारायण, शेष नारायण तथा इचंगु नारायणको दर्शन सम्पन्न गरी पुण्यार्जन गर्नुका साथै आशीर्वाद ग्रहण गरेको संस्थाले जनाएको छ । भ्रमणमा काठमाडौंको बल्खुस्थित बयोधा हस्पिटलले स्वास्थ्यपरीक्षण सेवा उपलब्ध गराउन सहकार्य गरेको थियो । गत वर्ष श्रावण महिनामा स्थापित यस संस्थाको प्रधान कार्यालय दरबारमार्गमा रहेको छ । संस्थाले पर्यटनसम्बन्धी विविध सेवाहरू एकै छानामुनि प्रदान गर्ने गरेको छ ।
संस्थाका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले पर्यटन क्षेत्रसँग आबद्ध नेपालकै पहिलो पब्लिक लिमिटेड कम्पनी भएको नाताले पर्यटनसँग समाजका विविध पक्षहरूलाई जोड्ने, शिक्षा तथा संस्कारमा पर्यटनको महत्वलाई स्थापित गर्ने अठोट आफूहरूले लिएको बताए । धरेलले पृथक र नवीन पर्यटकीय गन्तव्य र भ्रमण अनुभवहरूको प्रचारप्रसार गर्दै दिगो सामाजिक आर्थिक रुपान्तरणमा भूमिका खेल्न दत्तचित्त भएर लागिरहने र परिभ्रमण कार्यक्रम त्यसै सामाजिक अभियानको रूपमा रहने र सोही अनुरूप अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्दै जाने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया