रिद्धिसिद्धि सिमेन्टको छात्रवृत्ति कार्यक्रम
काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रममार्फत ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्ट लि. ले आयोजना गरेको छात्रवृत्ति कार्यक्रममा १०९ विद्यार्थीहरू सहभागी भएका थिए । एसईई परीक्षामा उपलब्ध अंक, दौड प्रतियोगिता साथै आईक्यु परीक्षामा सोधिएका सम्पूर्ण अंकहरू जोडी छात्रवृत्तिका लागि उत्कृष्ट ११ विद्यार्थीहरू छनोट गरिएको कम्पनीले जनाएको छ ।
छात्रवृत्ति कार्यक्रमअन्तर्गत कम्पनीले प्रथम हुने विद्यार्थीलाई मासिक पाँच हजार, दोस्रो हुनेलाई तीन हजार पाँच सय, तेस्रो हुनेलाई दुई हजार पाँच सय उपलब्ध गराउने भएको छ । साथै, सान्त्वनास्वरूप थप आठ विद्यार्थीलाई मासिकरूपमा एक हजार पाँच सय रुपैयाँ एक वर्षसम्म उपलब्ध गराउने निर्णय भएको कम्पनीले जनाएको छ ।
छात्रवृत्ति पाउने विद्यार्थीहरूमा प्रथम पुरस्कार पाउने ईशान्तकुमार मिश्र, दोस्रो पुरस्कार पाउने अंशु कुमारी र तेस्रो पुरस्कार पाउने रिजन कठायत रहेका छन् भने सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरूमा शिवम् पटेल, भूषण दाहाल, भोलाकुमार साह कलवार, सुयोग अर्याल, दिपेश चौलागाईं, मनीषा कुमारी खड्का, जिज्ञासा पौडेल र विजय मोक्तान रहेका छन् ।
विद्यार्थीलाई प्रोत्साहन होस् भन्ने उद्देश्यले रिद्धिसिद्धि सिमेन्ट लिमिटेडको आयोजनामा सञ्चालन गरिएको ‘स्मार्ट विद्यार्थी, स्मार्ट मकवानपुर’ छात्रवृत्ति योजनाले विद्यार्थीहरूलाई पठनपाठनतर्फ आकर्षित गरेर स्मार्ट विद्यार्थी बन्न थप मनोबल पुग्ने कम्पनीको अपेक्षा छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया