‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ प्रतिस्पर्धीहरू सार्वजनिक
काठमाडौं । उमंग क्रिएसनको आयोजनामा ‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक भएका छन् । एक समारोहका बीच पाँच सय जना प्रतिस्पर्धीमध्ये २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक गरिएको हो ।
कार्यक्रममा देश विदेशमा रहेका नेपाली महिला सुन्दरीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । २२ जनामध्ये दुईजना विवाहित महिला र एक जना ट्रान्स महिलाको समेत सहभागिता रहेको कम्पनीले जनाएको छ । ‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ को फाइनल भदौं २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा आयोजना हुने क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीले बताए ।
प्रतिस्पर्धीलाई प्रशान्त ताम्राकारको कोरियोग्राफीमा प्रस्तुत गरिएको थियो । प्रतिस्पर्धीहरूमा प्राप्ति खड्का, सबिना चौधरी, च्यानल श्रेष्ठ, प्रेमा लामगडे, डा पूजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा.अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बानिया, बुद्धसार सुनार, पूजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठ रहनुको सहभागिता रहेको थियो । २२ जना अन्तिम प्रतिस्पर्धीमध्येबाट विजेताले नोभेम्बरमा एलसाल्वा डोरमा हुने हुने मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया