सांग्रिला मोटर्सद्वारा सिट्रोन इ–सी थ्रीको बिक्री सुरु
काठमाडौं । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले सिट्रोन इ–सि थ्रीको बिक्री सुरु गरेको छ । सिट्रोन इ–सी थ्रीमा २९ दशमलव दुई किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ ।
कम्पनीका अनुसार फ्रन्ट ह्वील ड्राइभ सिट्रोन सी थ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्ने कम्पनीले जनाएको छ । सिट्रोन इ–सी थ्रीको मोटरले जम्मा छ दशमलव आठ सेकेन्डमा शून्यबाट ६० किलोमिटर प्रतिघण्टाको स्पिडमा गुडाउन सकिने कम्पनीको भनाइ छ । यो ईभीको टप स्पिड १०७ किलोमिटर प्रतिघण्टा रहेको छ भने रिजेनेरेटिभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुईवटा ड्राइभिङ मोड रहेको छ । एआरएआइका अनुसार सिट्रोन इ–सी थ्रीले एक पटकको फुल चार्जमा ३२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यो कारलाई रेगुलर तीन दशमलव तीन किलोवाटको एसी चार्जरले चार्ज गर्दा १० घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ ।
साथै, यो डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीको जीवनलाई असर नपर्ने कम्पनीले दाबी गरेको छ । कम्पनीले यो कारमा सात वर्ष वा एक लाख ४० हजार किलोमिटर ब्याट्री प्याकको वारेन्टी दिएको छ । त्यसैगरी यसमा दिएको इलेक्ट्रिक मोटरमा पाँच वर्ष वा एक लाख किलोमिटरको वारेन्टी रहेको छ । सिट्रोन इ–सी थ्री विश्व बजारमा धेरै रुचाइएको कार हो । नेपालमा पनि यसले उस्तै लोकप्रियता पाउने विश्वास कम्पनीले गरेको छ । आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अगाडि बढ्न चाहने जोसुकैको लागि सिट्रोन इ–सि थ्री एउटा उपयुक्त रोजाइ रहेको बताइएको छ ।
लाइभ भेरियन्टको मूल्य ३२ दशमलव ९९ लाख र फिल भेरियन्टको मूल्य ३४ दशमलव ९९ लाख रहेको सिट्रोन इ–सि थ्री थापाथलीस्थित ‘ला मेजन सिट्रोन’ सोरुममा उपलब्ध छ । यस्तै, बिर्तामोड, इटहरी, विराटनगर, नारायणगढ, बुटवल, पोखरा, नेपालगञ्ज, दाङ र धनगढीस्थित सोरुमहरूमा एक सातापछि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया