Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहेलो सरकारको टोल फ्रि नम्बरमा एनसेलबाट निःशुल्क कल गर्न सकिने

हेलो सरकारको टोल फ्रि नम्बरमा एनसेलबाट निःशुल्क कल गर्न सकिने


काठमाडौं । हेलो सरकारमा अब एनसेल नम्बरबाट समेत निःशुल्क कल गरेर गुनासो टिपाउन सकिने भएको छ । हेलो सरकारले एक सूचना निकाल्दै उक्त कुराको जानकारी गराएको हो ।

यसअघि एनसेल नम्बरबाट कल गर्दा नलाग्ने समस्या पूर्णरूपमा समाधान भएको हेलो सरकारले जानकारी गराएको छ । अब नेपाल टेलिकम र एनसेल दुवै मोबाइल सेवाप्रदायकका प्रयोगकर्ताले हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा गुनासो सुनाउन सक्नेछन् ।

त्यस्तै, ट्वीटर, ह्वाट्सएप, भाइबर, इमेललगायतका माध्यमबाट पनि गुनासो टिपाउन सकिने छ । नागरिकको गुनासो सुन्न यस सेवालाई सरकारले चौबिसै घण्टा सञ्चालन गरिरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया