इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ काभ्रेबीच रणनीतिक साझेदारी
काठमाडौं । सहकारीलाई सफ्टवेयरलगायत सेवा सुविधा प्रदान गर्दै आएको इन्फोडेभलपर्स प्रालि र जिल्ला सहकारी संघ, काभ्रेबीच रणनीतिक साझेदारी भएको छ । सानेपास्थित इन्फोडेभलपर्सको कार्यालयमा इन्फोडेभलपर्सका कार्यकारी निर्देशक प्रविन सुवेदी, राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ्ग सुब्बा र काभ्रे जिल्ला सहकारी संघका कोषाध्यक्ष राजन शाक्यले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनुका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पु¥याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा संघका कोषाध्यक्ष राजन शाक्यले आफूलाई खुसी लागेको बताए । यसैगरी राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ्ग सुब्बाले यो साझेदारीले राष्ट्रिय सहकारी महासंघका सहकारीलाई डिजिटाइजेसन एवम् कोप भिजन २०३० लाई समेत सेवा पु-याउने बताइन् । त्यस्तै, कम्पनीका कार्यकारी निर्देशक प्रविन सुवेदीले सहकारी क्षेत्रको स्वामित्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोषेढुङ्गा सावित हुने बताए । साथै, आगामी दिनमा अन्य जिल्ला सहकारी संघहरूसँग समेत सहकार्य गर्दै जाने जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- संवैधानिक व्यवस्थाबारे राष्ट्रपतिद्वारा स्पष्ट
- माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित
- न्युजिल्यान्डका प्रधानमन्त्रीलाई कोरोना
- नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार काण्डमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर
- ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
- जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया