स्विच अनको नयाँ सोरुम गठ्ठाघरमा
काठमाडौं । स्विचअन रिटेलले भक्तपुरमा आफ्नो नयाँ आउटलेटको उद्घाटन गरेको छ । कम्पनीले सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजाजस्ता शीर्ष–स्तरीय ब्रान्डहरूको बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीको नयाँ शाखाको सामसङ इलेक्ट्रोनिक्स नेपाल शाखाका प्रमुख सङ जुन पार्क, गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र हिम इलेकट्रोनिक्सका निर्देशक सीमा गोल्छाले संयुक्तरूपमा उद्घाटन गरेका थिए । स्विचअन रिटेल नयाँ शाखाको उद्देश्य राजधानीमा गुणस्तरीय घरेलु उत्पादन र उत्कृष्ट ग्राहक सेवाको बढ्दो मागलाई पूरा गर्नु हो । काठमाडौंको नक्सालमा रहेको स्विचअन रिटेलको प्रमुख आउटलेटले पहिले नै यसको प्रिमियम सेवाका लागि लोकप्रियता पाएको कम्पनीको भनाइ छ ।
ग्राहकलाई पूर्ण सन्तुष्टि, विश्वसनीयता र प्रामाणिकताका साथ आफ्नो सेवा प्रदान गर्दै आएकाले यो आउटलेटले आफ्नो लोकप्रियता कायम राखेको छ । हिम इलेकट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले स्विचअनको नयाँ आउटलेट घरेलु आवश्यकताहरू पूरा गर्दै उपकरण र उत्पादनहरूको विस्तृत शृङ्खला प्रदान गर्न समर्पित रहने बताइन् ।
स्विचअन रिटेल, भक्तपुरले विभिन्न अत्यावश्यक घरेलु वस्तुहरू प्रदर्शन गर्नेछ, जहाँ प्रतिष्ठित ब्रान्डहरूका टिभी, फ्रिजदेखि लिएर बल्बजस्ता विद्युतीय वस्तुहरू सबै पाइने कम्पनीको भनाइ छ । अत्याधुनिक इलेक्ट्रोनिक्स र स्टाइलिस घडीसहित, नयाँ स्विचअन रिटेल आउटलेटले हरेक घरको आवश्यकता पूरा गर्ने गरी रोमाञ्चक किनमेलको अनुभवको ग्यारेन्टी दिने कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया