चुनढुंगा उत्खनन्का कारण गाउँ नै पहिरोको जोखिममा
कटारी । उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिरोेको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन् हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिरोको उच्च जोखिममा परेका हुन् ।
सिरहास्थित सौर्य सिमेन्टका लागि चुनढुङ्गा उत्खनन् गर्ने खानीसँगै जोडिएको खानीको तल्लो भेगमा पर्ने मगर समुदायको बस्ती रहेको गाउँ पहिरोको उच्च जोखिममा परेको हो । ‘माथि खनेको ढुङ्गासमेत गाउँमा झर्ने गर्छ । कतिबेला कसको ज्यान जान्छ भन्न सकिँदैन’, टाँटरीका स्थानीय नरबहादुर मगरले भने, ‘वर्षा छ गाउँमाथिको टापुमा स्काभेटरले खनेको खन्यै छ, निदाउन सकिँदैन ।’ गाउँमाथि उत्खनन् क्षेत्रमा आधा दर्जन स्काभेटरले नियमित ब्रेकर चलाउँदा भिरालो ठाउँमा रहेको बस्ती हल्लिने गरेको स्थानीय सेब्रे मगरले बताए । ‘कति बेला पहिरोले लैजाने हो कि ढुङ्गा झरेर मार्ने हो थाहा छैन’, उनले भने, ‘हाम्रो जग्गा किनिदिए पनि गाउँ छोडेर हिँड्न हुन्थ्यो ।’
पाँच वर्ष अघिदेखि उक्त क्षेत्रमा सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्टले खानी उत्खनन् सुरु गरेको हो । खानी उत्खनन्का समयमा उक्त बस्ती पनि हटाउने कुरा भए पनि उद्योगले उक्त कार्य नगर्दा बस्ती जोखिममा परेको स्थानीयवासी बताउँछन् । उत्खनन्पछि खानी तथा भूगर्भ विभागको अनुगमनले पनि उक्त बस्ती हटाउनुपर्ने सुझाव दिए पनि उद्योगले बेवास्ता गरेको स्थानीय सूर्य लामाले बताए । ‘अनुगमनले तुरुन्तै यो बस्ती हटाएर मात्रै काम गर्नु भनेको थियो । तर अभैm पनि हटाइएको छैन’, लामाले भने, ‘बस्ती हटाउन बस्तीको जग्गा जमिन खरिद गर्नुपर्ने भएपछि उद्योगले खर्च नगरी उत्खनन् गरिरहेको छ ।’
उद्योगका लागि ‘ए’ ब्लक खानी कार्यालयका माइनिङ इन्चार्ज होमबहादुर बस्नेतले भने मापदण्डअनुसार उत्खनन् गरेकाले जोखिम नरहेको दाबी गरे । ‘विभागको मापदण्डबाहेक एक इञ्च पनि तलमाथि गरेका छैनौँ’, इञ्चार्ज बस्नेतले भने, ‘अनुगमन नियमित आउँछन् हामीले लापरबाही गर्नै मिल्दैन ।’ वर्षाको समयमा पनि खानीमा नियमित उत्खनन् जारी छ । वर्षामा झनै माटो खुकुलो भएर स्काभेटर चलाउँदा भित्ता थर्किने र पहिरोे जाने जोखिम रहेको स्थानीयवासी बताउँछन् । वर्षामा उत्खनन् गर्न नमिल्ने भए पनि उद्योगले जबरजस्ती गरेको स्थानीयवासीको आरोप छ । तर खानी तथा भूगर्भ विभागका प्रवक्ता सुपरिटेन्डेन्ट जियोलोजिस्ट मोनिका झा वर्षामा उत्खनन् बन्द गर्ने भनेको स्थानीय निकायको अधिकारमा नदीजन्य वस्तु मात्र रहेको बताउँछिन् । खानी उत्खनन्् जहिले पनि गर्न मिल्ने झाको भनाइ छ । खानी उत्खनन् गरिएको क्षेत्रसँगै जोडिएको लल्लरी खोला रहे पनि स्थानीय सरकारले यसको विषयमा चासो नदिएको स्थानीयवासीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- भैरहवा बिमानस्थलको जग्गा आफ्नो नाममा गराउने मिश्र भारतीय नागरिक
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया