वर्ल्ड ट्रेड सेन्टरमा तीज मेला
काठमाडौं । राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा तीज मेला सुरु भएको छ । वल्र्ड ट्रेड सेन्टरको चौथो तल्लामा डीईसीसी नेपालले बुधबारदेख तीज मेला आयोजना गरेको हो । विगत १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौँ संस्करण आयोजना गर्न लागिएको डीईसीसी नेपालका प्रबन्ध निर्देशक मनोज गुरुङले जानकारी दिए ।
उनका अनुसार यसपटकको मेलालाई ए एस इभेण्ट्स एण्ड मार्केटिङले प्रवर्द्धन तथा व्यवस्थापन गर्नेछ । भदौ ६ गतेदेखि १० गतेसम्म पाँच दिन चल्ने मेलामा १०० भन्दा बढी स्टल रहनेछन् । तीजका लागि आवश्यक पर्ने सबै सामानका साथै महिलाहरूलाई एकै स्थानमा दैनिक प्रयोगका सामान सस्तो मूल्यमा किनमेल गर्नका लागि मेलाको आयोजना गरिएको डीईसीसीका प्रबन्ध निर्देशक गुरुङले जानकारी दिए ।
उनका अनुसार सबै स्टल बुकिङ भइसकेका छन् भने गैरनाफामूलक संस्थालाई मेलामा निःशुल्क स्टलको व्यवस्था गरिएको छ । त्यस्ता संस्था सम्पर्कमा आए स्टल थप गरेर उपलब्ध गराइने उनले बताए । विशेषगरी महिला उद्यमी तथा व्यवसायीहरूको व्यवसाय विस्तार एवम् प्रवद्र्धनको लक्ष्यसहित मेला आयोजना गरिएको भन्दै उनले मेला अवलोकन गरी आवश्यक सामग्री खरिद गर्न आमउपभोक्तालाई आग्रह गरेका छन् ।
नेपालका साथै छिमेकी मुलुकका प्रदर्शक तथा बिक्रेताको सहभागिता रहने मेलामा लत्ताकपडा, कस्मेटिक, चुरा पोतेका साथै अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा एकै छानामुनि खरिद गर्न सकिने व्यवस्था गरिएको एएस मार्केटिङका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए । विगत वर्षको तुलनामा नयाँ किसिमले मेलाको व्यवस्थापन गरिएकाले बिक्रेता, प्रदर्शक तथा अवलोकनकर्ता र उपभोक्ताले मेलाबाट फाइदा लिन सक्ने श्रेष्ठको भनाइ छ ।
कोकाकोला, बुका, सन डाउन बाइ कर्मा, स्याङ्को, एक्स्प्रेस थकाली, शिवशक्ति फेशन, भेस्पर वाइनलगायतका ब्राण्डको सहयोग रहेको मेलामा उल्लेखित ब्राण्डका तर्फबाट मेला अवलोकनकर्ताहरूलाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । ट्रेड सेन्टरमा रहेका रेस्टुरेन्टहरूमा अवलोकनकर्तालाई छुटको व्यवस्था गरिनुका साथै विभिन्न किसिमका सामग्रीहरूमा भारी छुटको व्यवस्था गरिएको डीएसीसीले जनाएको छ । डे टु डे डोर प्राइजको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । फुड भौचर तथा डिस्काउन्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बझाङमा आजै दुईचोटी गएको भूकम्पले क्षति
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया