थाई एयरवेजको नेपालमा पुनः उडान
काठमाडौं । थाई एयरवेज इन्टरनेसनलले नेपालमा पुनः उडान सुरू गर्ने भएको छ । कम्पनीले विश्वव्यापी कोभिड–१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौं उडान नोभेम्बरबाट पुनः गर्न लागेको हो ।
नेपालमा उडान पुनः सञ्चालनको लागि थाई एयरवेजले जेनेरल सेल्स एजेन्टको रूपमा सोसाइटी इन्टरनेसनल ट्राभल सरभिसेजलाई नियुक्त गरेको छ । नेपालको बजार व्यवस्थापनको लागि कम्पनीले अगस्ट १, २०२३ बाट नै लागू हुनेगरी सोसाइटी ट्राभललाई सेल्स एजेन्ट नियुक्त गरेको हो । सम्झौताअनुसार सोसाइटी ट्राभलले थाई एयरवेजका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवासहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थलस्थित सेवाहरू उपलब्ध गराउने छ । यस साझेदारीमार्फत, थाई एयरवेजले कोभिड–१९ का कारण रोकिएको काठमाडौंका लागि उडान पुनः सञ्चालन गर्नेछ । सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक थाई एयरवेजले उडान सञ्चालन गरेको थियो ।
थाई एयरवेजका चिफ कमरसियल अफिसर कोराकोट चटासिङ्घाले कम्पनीको काठमाडौं उडान पुनः सञ्चालनमा ल्याउन लागेको बताए । साथै, उनले थाई एयरवेजको उडान पुनः सञ्चालनले दुई देशहरूबीचको आर्थिक गतिविधिहरूलाई समेत अभिवृद्धि गर्ने उल्लेख गरे । अस्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न सहरहरूमा थाई एयरवेजको उडान रहेकाले नेपालका यात्रुलाई सहज र सुरक्षित उडान विकल्पहरू प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धन गर्न सक्षम हुने उनको दाबी थियो । सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले थाई एयरवेजले नेपाली जनतालाई ‘भ्याकेसन’ र ‘अन–बोर्ड सर्भिस’ को अवधारणा परिचय गराउनमा महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया