ईभी ब्रान्ड सेरेस नाडा अटो सोमा सार्वजनिक हुने
काठमाडौं । ‘टेक्नोलोजी जायन्ट’ हुवावेसँग साझेदारी रहेको विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपाली अटो बजारमा प्रवेश गर्ने तयारी गरेको छ । विश्वका ७० वटाभन्दा बढी मुलुकमा उपस्थिति रहेको सेरेसले एसियामै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारीको बजार नेपाललाई आफ्नो नयाँ गन्तव्यको रूपमा अघि सारेको हो ।
इलेक्ट्रिक कारमा ‘डेडिकेटेड’ ब्रान्ड सेरेस नाडा अटो सोमा सार्वजनिक हुन लागेको हो । एमएडब्लु ग्रुपले सेरेस ब्रान्डलाई नेपाल भित्र्याउन लागेको हो । हुवावे र सेरेसले केही साताअघि मात्रै आफ्नो साझेदारीलाई विस्तार गर्दै ईभी विकास गर्ने घोषणा गरेको थियो । यी दुई कम्पनीले यो वर्षको अन्तसम्ममा हुवावेको ‘एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’ भएको आफ्नो पहिलो ‘आइटो–ब्रान्डेड’ कार मोडेल सार्वजनिक गर्ने योजना बनाएको थियो । हुवावेको सहयोगमा सेरेसले सन् २०२६ सम्ममा १० लाख इलेक्ट्रिक कार उत्पादन गर्ने लक्ष्य राखेको छ । उनीहरूले सहकार्यमा आविष्कार केन्द्रको स्थापना गर्ने पनि जनाइसकेको छ । सेरेसले हालसम्म एक लाखभन्दा बढी इलेक्ट्रिक कार डेलिभर गरिसकेको छ ।
हुवावे र सेरेसबीचको नयाँ सम्झौताअनुसार बन्ने इलेक्ट्रिक कार बिल्कुल नयाँ प्लेटफार्ममा निर्माण हुनेछ । यसका लागि सेरेसले औद्योगिक संशाधन र नयाँ प्रविधि तथा प्रक्रिया उपलब्ध गराउने बताइएको छ । त्यसैगरी, हुवावेले ‘स्मार्ट’ र ‘इनोभेटिभ इन्टरफेस’, ‘एड्भान्स्ड स्मार्ट ड्राइभिङ टेक्नोलोजी’ र पछिल्लो ‘हार्मोनी अपरेटिङ सिस्टम सफ्टवेयर इकोसिस्टम’बाट चल्ने ‘ककपिट’ उपलब्ध गराउने बताइएको छ । ईभीको उपलब्धतालाई सहज र दिगो बनाउने उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदूषण मुक्त बनाउने दीर्घकालीन लक्ष्य लिएको छ ।
सेरेस नविनतम प्रविधिको विकास गर्न चीनमा मात्र होइन अमेरिका र जापानलगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक ‘रिसर्च एन्ड डेभलपमेन्ट विंग’लाई सञ्चालन गर्दै आएको छ । ‘ड्राइभिङ’लाई थप पर्यावरण–मैत्री र व्यावहारिक बनाउने अभियानमा सेरेसले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । आउँदो २६ भदौबाट सुरु हुने नाडा अटो सोमा सेरेसले आफ्नो सफल उत्पादन ‘सेरेस–३’ लाई सार्वजनिक गर्ने योजना बनाएको छ । इलेक्ट्रिक कारको ‘एक्सेप्टेन्स’ एसियामै सबैभन्दा बढी (करिब ६० प्रतिशत) रहेको नेपाली अटोबजारमा सेरेसले चीन र युरोपमाझैँ सफलता पाउनेमा एमएडब्लू ग्रुप विश्वस्त छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया