वर्ल्ड ट्रेड सेन्टरमा तीज मेला
काठमाडौं । त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा १४ औँ संस्करणको तीज मेला बुधबारदेखि सुरु भएको छ । सो मेलाको एक कार्यक्रमका बीच अमन फाउन्डेसनकी अध्यक्ष तारादेवी गुरुङले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा गुरुङले उद्यम व्यवसायमा महिलाको सहभागिता बढ्दो अवस्थामा रहेको र यस्ता मेला महोत्सवले उद्यशीलता गर्न चाहने महिलालाई सहयोग गर्ने बताइन् ।
वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा डीईसीसी नेपालले एएस इभेन्ट्स एन्ड मार्केटिङसँगको सहकार्यमा तीज मेलाको आयोजना गरेको हो । १० गतेसम्म चल्ने मेलामा १०० भन्दा बढी स्टल रहेका छन् । तीजका लागि आवश्यक पर्ने सबै सामानका साथै महिलाहरूलाई एकै स्थानमा दैनिक प्रयोगका सामान सस्तो मूल्यमा किनमेल गर्नका लागि मेलाको आयोजना गरिएको डीईसीसीकी बजार प्रबन्धक स्मृति श्रेष्ठले बताइन् । नेपालका साथै भारत, पाकिस्तान, बंगलादेश र अन्य देशका स्टलहरू मेलामा छन् । मेलामा लत्ता कपडा, कस्मेटिक, चुरा पोतेका साथै अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न सकिनेछ ।
मेलामा अवलोकनकर्ताहरूलाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ । ट्रेड सेन्टरमा रहेका रेस्टुरेन्टहरूमा अवलोकनकर्तालाई छुटको व्यवस्था गरिनुका साथै विभिन्न किसिमका सामग्रीहरूमा भारी छुटको व्यवस्था गरिएको डीएसीसीले जनाएको छ । अवलोकनकर्तालाई फुड भौचर तथा डिस्काउन्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया