‘नेपाल ब्लकचेन कन्क्लेभ’का लागि रजिस्ट्रेसन खुला
काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल (क्यान) महासंघको आयोजनामा आगामी भदौ ३१ गते हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्रेसन खुला गरिएको छ ।
महासंघले कार्यक्रममा सहभागी हुन इच्छुकका लागि बिहीबारदेखि रजिस्ट्रेसन खुला गरेको हो । नेपाल ब्लकचेन कन्क्लेभको वेबसाइटमा गएर कार्यक्रमका लागि रजिस्ट्रेसन गर्न सकिने कम्पनीले जनाएको छ । यसअन्तर्गत विद्यार्थीका लागि पाँच हजार र कर्पोरेटका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको आयोजकको भनाइ छ । ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवद्र्धन गर्न सरोकारवालाहरूबीच एकै छातामुनि बृहत् अन्तर्क्रिया एवम् सहकार्य गर्ने उद्धेश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ हुन लागेको हो । कन्क्लेभको सह–आयोजकमा क्लब बी बिजनेस टेक्नोलोजी रहेको छ भने कम्युनिटी पार्टनरमा ब्लकचेन कम्युनिटी नेपाल रहेको छ ।
कन्क्लेभमा विभिन्न छ देशबाट कि नोट स्पिकर (प्रमुख वक्ताहरू) आउने तय भएको छ । त्यस्तै, कन्क्लेभमा नियामक नेपाल राष्ट्र बैंकसहित प्रमुख बैंक तथा वित्तीय संस्थाहरू, नेपाली तथा अन्तर्राष्ट्रिय ब्लकचेन कम्पनीहरू, फिनटेक कम्पनीहरू, विज्ञहरू, प्रविधि व्यवसायी, शिक्षण संस्था, नीति निर्माता तथा नेपाल सरकारका विभिन्न निकायहरूको सहभागिता रहने कन्क्लेभका संमयोजक एवम् क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । उनका अनुसार कन्क्लेभमा करिब ३०० जना कार्यक्रममा सहभागी हुनेछन् ।
कन्क्लेभले ब्लकचेन टेक्नोलोजीको क्षेत्रमा रहेका असमझदारी हटाई व्यावसायिकरूपमा यस क्षेत्रको विकास र विस्तार गर्ने, जनशक्तिलाई प्रोत्साहन गर्ने, ब्लकचेनमा आधारित समाधान तथा अवसरहरूको पहिचान गर्ने र उद्योगमैत्री नीति तर्जुमा गर्न राज्यलाई सघाउने अपेक्षा लिएको क्यान महासंघले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया