भिभो वाई २७ सर्वोत्कृष्ट !
काठमाडौं । भिभोले हालै बजारमा ल्याएको वाई सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन वाई २७ सर्वोत्कृष्ट रहेको कम्पनीले दाबी गरेको छ । नयाँ स्मार्टफोनले डिजाइन र कार्यसम्पादनमा कुनै सम्झौता नगरी हरेक पक्षमा उत्कृष्ट विशेषता प्रदान गरेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार वाई २७ मा आवश्यक सबै उपकरणहरू समावेश गरेको छ । नयाँ वाई २७ डुअल रिङ डिजाइनको साथ आउँछ, जसले रिङ्गको आकारबाट प्रेरित भएर सुनको जडलाई मसिनो रेखाहरूसँग मर्ज गर्छ । यसको ज्योमेट्रिक डिस्प्लेले सौन्दर्यशास्त्र तथा सुन्दरताको उल्लेखनीय भावना देखाउँछ । ग्लिटर एजीको म्याट सर्फेस मुलायम भए पनि स्क्य्राच, एब्रासन र फिङ्गरप्रिन्ट प्रतिरोधी छ । दुई दशमलव पाँच डी फ्ल्याट फ्रेममा उपलब्ध यो फोन निकै स्लिम छ । यो फोन बरगन्डी ब्ल्याक र सी ब्लूमा उपलब्ध छ । साथै, यसमा बलियो पाँच हजार एमएएच ब्याट्री र शक्तिशाली ४४ वाट फ्ल्यासचार्ज भएकाले प्रयोगकर्ताहरूले पावर समाप्त हुने चिन्ता नगरी लामो समयसम्म फोन चलाउन सक्छन् ।
यो स्मार्टफोन दक्ष मिडियाटेक हेलियो जी८५ मोबाइल प्लेटफार्ममा सञ्चालन हुन्छ । स्मार्टफोनले छ जीवी -याम+ १२८ जीवी रोमसहित पर्याप्त स्टोरेज रहेको कम्पनीले जनाएको छ । वाई २७ को उत्कृष्ट विशेषतामध्ये एक यसको विस्तारित ¥याम टेक्नोलोजी ३.० हो, जसमा ६जीवी -याम+ ६जीवी विस्तारित ¥याम रहेको बताइएको छ । वाई२७ ६.६४ इन्च एफएचडी+ सनलाइट डिस्प्लेको साथ आउँछ । साथै, यो फोनमा ५०एमपी अल्ट्रा क्लियर क्यामेरा रहेको छ, जसले दिन मात्र नभएर रातमा समेत उत्कृष्ट सटहरू खिच्ने कम्पनीले जनाएको छ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया