कोर्नको नयाँ स्मार्ट वाच नेपाली बजारमा
काठमाडौं । केमियो इन्टरनेसनले कोर्नको नयाँ स्मार्ट वाच नेपाली बजारमा भित्र्याएको छ । आफ्नो पछिल्लो उत्पादनको रूपमा कोर्नले सिडब्लु ८ म्याक्स स्मार्टवाच नेपाली बजारमा ल्याएको हो । कम्पनीका अनुसार एप्पल वाच अल्ट्राको डिजाइनबाट इन्सपायर्ड यो सिडब्लु ८ म्याक्सको युजर इन्टरफेस एन्ड्रोइड थिममा रहेको छ । आईफोन र एन्ड्रोइड दुवैमा कनेक्ट गर्न सकिने यो वाचको डिजाइन विल्ड क्वालिटी, युजर इन्टरफेस र कम्फर्टमा काहीँकतै सम्झौता नगरिएको कम्पनीले जनाएको छ ।
मेटल बडी भएको यो स्मार्ट वाच झण्डै दुई इन्च ठूलो एचडी डिस्प्लेको प्रयोग गरिएको छ । रिअल टाइम हेल्थ मनिटरिङ्ग गर्ने क्षमता भएको यो स्मार्टवाच ब्लड प्रेसर मनिटरिङ्ग, ब्लड अक्सिजन मनिटरिङ्ग, हर्ट रेट मनिटरिङलगायतका सुविधाहरू प्रदान गरिएको छ ।
उच्च गुणस्तरीय ग्लास प्रयोग गरिएको यो स्मार्टवाच स्क्र्याच प्रुफ रहेको छ । ब्लुटुथ कलिङ्गका साथमा एसएमएस अलर्ट, मिस्ड कल अलर्ट, म्युजिक कन्ट्रोल, क्यामेरा कन्ट्रोलजस्ता विशेषताहरूले यसलाई स्माट वाच मात्र नभई एक उत्कृष्ट र इन्डिपेन्डेन्ट ग्याजेटको रूपमा प्रयोग गर्न सकिन्छ । यो स्मार्ट वाचमा ३०० मिलिएम्पियरको ब्याट्री प्रयोग गरिएको छ । यसले एकपटकको चार्जिङ्गमा १५ दिनको ब्याकअप प्रदान गर्ने कम्पनीले जनाएको छ । वायरलेस चार्जिङ तथा एनएफसी समेत भएको यो स्मार्टवाचमा ब्लुटुथ ५.० को प्रयोग गरिएको छ । यो स्मार्ट वाचको अधिकतम खुद्रा बिक्री मूल्य रुपैयाँ सात हजार पाँच सय तोकिएको छ भने यसमा एक वर्षको वारेन्टी प्रदान गरिएको छ ।
कोर्नले यो स्मार्टवाचको एक्सक्लुसिभ लन्च अगष्ट २९ मा अनलाइन सेल्स पोर्टल दराज डट कममार्फत लन्च गर्ने जनाएको छ । कोर्नको आधिकारिक विक्रेता केमियो र दराजबीच नेपाली बजारमा स्मार्टवाच तथा मोबाइल एसेसोरिज बिक्री वितरणका लागि लामो समयदेखि सहकार्य हुँदै आएको छ । यो स्मार्टवाचलाई विशेष अफरसहित बजारमा ल्याउने कम्पनीले उल्लेख गरेको छ । एक्स्कुलसिभ लन्चमा सहभागीमध्ये पहिला २० ग्राहकले जम्मा चार हजार नौ सय ९९ रुपैयाँमा यो स्मार्टवाच प्राप्त गर्नेछन् भने थप ८० ग्राहकले पाँच हजार नौ सय ९९ रुपैयाँमा यो स्मार्टवाच किन्न सक्नेछन् । दराजमा यो स्मार्टवाच सात हजार चार सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ । यसमा दराजमा विभिन्न अवसर तथा अफरहरूमा प्राप्त हुने भौचर तथा पेमेन्ट डिस्काउन्टहरू समेत प्रयोग गरी थप छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया