कोकाकोला मेन्टरसिपको विजेता घोषणा
काठमाडौं । कोकाकोला नेपालले सक्षम २.० ‘योङ्ग उमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरसिप प्रोग्राम’का विजेताहरूको नाम घोषणा गरेको छ । कम्पनीले एटेलियर प्लेटफर्मसँगको साझेदारीमा सो कार्यक्रम आयोजना गरेको थियो ।
सो कार्यक्रममा डुलुवा आउटडोर्सकी मेनुका गुरुङ, लर्नर्स रुमकी राशी महर्जन र सकल नेचुरो मल्टिपर्पस क्लिनर सरला महर्जनलाई विजेता घोषित गरिएको थियो । विजेता प्रत्येकले जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । टप तीन विजेतालाई उनीहरूको इनिसिएटिभलाई अगाडि बढाउन र लक्ष्यको नजिक ल्याउन मद्दत पु-याउन समान आर्थिक सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो कार्यक्रम कोकाकोला नेपालको उमन इम्पावरमेन्ट प्रोग्राम, सक्षमको एक महत्वपूर्ण भाग बन्न सफल भएको कम्पनीको भनाइ छ । जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र सम्भावित उद्यमलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ ।
यस कार्यक्रमका लागि काठमाडौं, पोखरा र चितवन जिल्लाका गरी ८० भन्दा बढी महिला उद्यमीले आवेदन दिएका थिए । आवेदकमध्येबाट इनोभेटिभ कन्सेप्ट तथा आईडिया सफल हुने सम्भावनाको आधारमा आठ फाइनलिस्टहरू छनोट गरिएको थियो । फाइनलिस्टहरूमा छनोट हुनेमा वृन्दा दिवान–केहिक्राफ्ट्स, मेनुका गुरुङ– डुलुवा आउटडोर्स, प्रकृति बस्याल– साउथ एण्ड साउथ इस्ट प्रोजेक्ट, राशी महर्जन– लर्नर्स रुम, रोजिना बराल– सर्चड्, सरला महर्जन–बायो–इन्जाइम्स, शान्ति राई– ग्रीनस्पेस नेपाल र यजु महर्जन–स्वच्छ महिनावारी रहेका थिए ।
काठमाडौंको माया मनोर बुटिक होटल, हात्तीसारमा भएको सक्षम तालिम कार्यक्रममा महिला उद्यमीका विभिन्न नवीन अवधारणा र व्यावसायिक योजनाहरू दक्ष प्रोफेसनलको प्रतिष्ठित निर्णायक मण्डलमा प्रस्तुत गरिएको थियो । जजहरूको प्यानलमा कटन मिल नेपालका संस्थापक प्रसन्ना बस्नेत, कोकाकोला बेभरेज नेपालका पब्लिक अफेयर्स, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डिरेक्टर स्नेह राजभण्डारी र केजीएच ग्रुपको एग्जेक्युटिव डिरेक्टर त्रिशाग्नी शाक्य रहेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया