‘नेसनल आईसीटी स्कलरसिप–२०८०’ का लागि आवेदन खुला
काठमाडौं । कम्प्युटर एसोसियसन नेपाल महासंघले ‘नेसनल आईसीटी स्कलरसिप–२०८०’ को लागि आवेदन खुला गरेको छ । महासंघले प्राविधिक शिक्षातर्फ विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्तिका लागि आवेदन खुला गरेको हो ।
महासंघले सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरूको सहयोगमा गरिब तथा जेहेन्दार, विद्यार्थीका लागि छात्रवृद्धि प्रदान गर्दै आएको जनाएको छ । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा सुरु गरिएको यो छात्रवृत्तिमार्फत यस वर्ष ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको हो । ‘नेसनल आईसीटी स्कलरसिप–२०८०’ मा देशको सातै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी सात प्रदेशबाट एक÷एक जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी सम्पूर्ण प्रदेशबाट ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने महासंघले जनाएको छ । यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत हालसम्म ११० जना विद्यार्थीहरू अध्ययनरत छन् ।
यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गर्ने बताइएको छ भने आईसीटी मेरिट स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गर्ने बताइएको छ । क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन कलेजबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले दुई करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउने बताइएको छ । छात्रवृत्ति प्राप्त विद्यार्थीले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तहअन्तर्गत विएससी आईटीको अध्ययन गर्न पाउने बताइएको छ ।
नेपाल सरकारवाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने बताइएको छ । छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रीयस्तरमा निवर्तमान अध्यक्ष नवराज कुँवरको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल, ठाकुरकुमार श्रेष्ठ, भुपालदास श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय राजु कट्टेल र सरिता न्यौपाने रहेको छात्रवृत्ति छनौट समिति गठन गरेको छ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेभसाइट र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमार्फत यही भदौ २० गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्ने उल्लेख छ ।
यस छात्रवृत्तिमार्फत देशका दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरूले पनि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई आफ्नो पेसा÷व्यवसाय बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदारले बताए । यस्तै, लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जालानले महासंघसंगको सहकार्यले देशभित्र रहेको डिजिटल–डिभाईड कम गर्न मद्दत पुग्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया