एसियन पेन्ट्सद्वारा आर्किटेक्चर र इन्टेरियर डिजाइनका विजेता घोषणा
काठमाडौं । एसियन पेन्ट्स नेपालले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स कम्पिटिसन २०२२/२३ का विजेताहरूको घोषणा गरेको छ । कम्पनीले आइतबार होटल सोल्टीमा एक कार्यक्रमको आयोजना गरी विजेताहरूको नाम घोषणा गरेको हो ।
कम्पनीका अनुसार आर्किटेक्ट कलेजबाट प्रतियोगिताको विजेता आईओई, थापाथली क्याम्पसका सन्दीप तण्डुकार भए भने इन्टेरियर डिजाइन कलेजबाट कान्तिपुर इन्टरनेसनल कलेजकी निलिमा प्रधान भएकी छन् । विजेता दुवैले एसियन पेन्ट्सबाट ७० हजार नगद पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ । यस्तै, प्रतियोगितामा फस्ट रनरअपमा आर्किटेक्ट कलेजबाट एक्मी इन्जिनियरिङ कलेजका अनमोल भण्डारी र इन्टेरियर डिजाइन कलेजबाट आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी क्याथी मुननकर्मी भए । उनीहरू दुवैले ४० हजार नगद पुरस्कार प्राप्त गरेको पेन्ट्सले जनाएको छ । यस्तै, आईओई थापाथली क्याम्पस (आर्किटेक्ट कलेज) का युनिश भट्ट क्षेत्री र कान्तिपुर इन्टरनेसनल कलेज (इन्टेरियर डिजाइन कलेज)की श्रीजा आचार्य एसियन पेन्ट्सबाट ३० हजार नगद पुरस्कार जित्दै सेकेन्ड रनरअप भएका थिए ।
यस्तै, कम्पनीले चार सान्त्वना पुरस्कार पनि प्रदान गरेको छ । काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङकी मानशी श्रेष्ठ, आईओई थापाथली क्याम्पसकी रुची खकुरेल, आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी नम्रता पन्त र आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी रुचिता महर्जनलाई सो पुरस्कार प्रदान गरिएको हो । उनीहरूले एसियन पेन्ट्सबाट १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । यस संस्करणको आर्किटेक्ट र इन्टेरियर डिजाइन दुवैका लागि विजेताहरूलाई प्यानलद्वारा छनोट गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले विजेताहरूलाई पुरस्कार प्रदान गरेकी थिइन् ।
एसियन पेन्ट्स नेपालले विगत १० वर्षदेखि नेपालका प्रतिभाशाली आर्किटेक्टहरू र इन्टेरियर डिजाइनर प्रवर्द्धन र आशाजनक प्रतिभाहरू प्रदर्शन गर्न यस किसिमको कार्यक्रम गर्दै आएको छ । आर्किटेक्चरका विद्यार्थीका लागि २०२२/२३ को प्रोजेक्ट कास्की, पोखराको ‘पोखरा मोन्युमेन्टल पार्क’ थियो भने इन्टेरियर डिजाइनका विद्यार्थीहरूका लागि ‘बुटिक होटल’ थियो । यो राष्ट्रियस्तरको प्रतियोगिताको आठौँ संस्करण हो, जहाँ २०७४ ब्याच र २०७५ ब्याचका कुल गरेर ५१ विद्यार्थीहरूले ११ आर्किटेक्चरल र दुई इन्टेरियर डिजाइन कलेजहरूबाट भाग लिएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया