महिन्द्रा पावरोलका ग्राहकलाई ‘फ्रि सर्भिस’ कुपन
काठमाडौं । अग्नि मोटोइङ्कले महिन्द्रा पावरोलका ग्राहकलाई फ्रि सर्विस कुपन उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार यो सेवा कुपनले महिन्द्रा पावरोलका ग्राहकले विभिन्न लाभ लिन सक्ने बताइएको छ ।
यस सेवाअन्तर्गत निःशुल्क श्रम सेवा तथा प्राविधिक टोलीबाट चौबिसै घण्टा सेवा र अन्य धेरै लागत बचत योजनाहरूको फाइदा लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको सर्भिस मार्केटिङ र प्राविधिक तालिम कार्यक्रममा फ्रि सर्विस कुपनको औपचारिक शुभारम्भ गरिएको थियो । सो कार्यक्रममा भारत र नेपालका महिन्द्रा पावरोलका उच्च व्यवस्थापन प्रमुख, पावरोल इन्टरनेसनल बिजनेस हेड, सर्भिस हेडलगायतको सहभागिता रहेको थियो ।
भारतीय जेनसेट उद्योगमा छोटो समयमै द्रूत गतिमा फड्को मारेको महिन्द्रा पावरोलले आफ्ना उत्कृष्ट उत्पादनहरू र मन छुने सेवाहरू प्रदान गरेर नेपाली बजारमा प्रभुत्व फैलाउँदै लैजाने योजना बनाएको छ । टेलिकमबाहेक महिन्द्रा पावरोल डीजी सेटहरूले नेपाली बजारमा विभिन्न प्रकारका उद्योगहरू, बैंक, भवन निर्माण, सार्वजनिक निकाय, अस्पतालहरू, होटलहरू, व्यक्तिगत घरहरूका ग्राहकलाई निरन्तर पावर तथा सेवा प्रदान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया